कक्षा १२ को नतिजा सार्वजनिक: ५१ प्रतिशत विद्यार्थी उत्तिर्ण
1.3K
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षामा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार सो प्रतिशतले ग्रेडेड प्राप्त गरेका छन् ।
यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) आएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।