१०० केजी सुन प्रकरण : तस्करीको सुन टक्सारमा जोख्दा ६० किलो मात्रै
1.2K
काठमाडौं । तस्करी मार्फत भित्रिएको सुनको तौल ६० किलो ७८९ ग्राम रहेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गर्दा करिब एक क्विन्टल सुन रहेको भनिएको थियो । तर, सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा जोख्दा ६० किलो ७८९ ग्राम सुन रहेको पाइएको हो ।
टक्सार महाशाखाका अनुसार राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । जसमा करिब एक क्विन्टल सुन रहेको अनुमान गरिएको थियो । सोमबार दिउँसोदेखि ब्रेक शुबाट सुन छुट्टयाएर जोखिएको थियो ।
सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको छ ।