नागरिक पोष्ट News


मलाई पनि हतकडी लगाए हुन्छ : प्रधानमन्त्री प्रचण्ड

1.2K

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार प्रकरणमा आफ्नो नाम आए आफूलाई पनि हतकडी लगाएर थुन्दा हुने बताएका छन्।

सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हतकडी लगाएर थुने हुन्छ भनेको छु, आफ्नो पार्टीको, आफ्नो परीवारको भनेर कसैलाई पनि छाडिँदैन।’

केही नेताहरूको नाम बाहिर आएको भन्दै कसैलाई छुट नहुने चेतावनी दिएको बागमती प्रदेश सांसद युवराज चौलागाइँले जानकारी दिए।

Must View