नागरिक पोष्ट News


साइवर सुरक्षा चेतनामुलक कार्यक्रम ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न, २०० जना बिद्याार्थीहरुलाई सीम कार्ड निःशुल्क बितरण

2.9K

काठमाण्डौँ  । नेपाल टेलिकमको सहकार्यमा आईसिटी पत्रकार विकास मञ्च ले एक दिने साइवर सुरक्षा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम ग्रामीण आदर्श क्याम्पस, नेपालटारमा मिति २०८० साल सााउन २६ गते शुक्रबार भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालका प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा २०० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल टेलिकमले २०० जना बिद्याार्थीहरुलाई नेपाल टेलिकमको रु २०० बराबर ब्यालेन्सको सीम कार्ड निःशुल्क बितरण गरेको छ । 

साइवर सुरक्षाको आधारभुत ज्ञान हामीमा हुनुपर्दछ र सार्वजनिक रुपमा वाइफाई इन्टरनेटमा आफ्ना व्यक्तिगत गोपनियताका कुराहरु शेयर गर्न नहुने बताउँदै, राम्रो साइवर अभ्यास हामीले सिक्नुपर्नेमा प्रमुख अतिथि खनालले जोड दिनुभएको थियो । पासवर्ड शेयर गर्न हुदैन, फेसबुकमा जे पायो त्यही कुराहरु पोष्ट गर्न नहुने बनाउदै साइवर अपराध र सुरक्षा दुुई भिन्न विषय हो भन्दै राज्यले पुुर्ण रुपमा साईबर अपराधलाई रोक्न नसक्ने बताउनु भयो ।   चेतनमुलक उक्त कार्यक्रममा प्रशिक्षक द्रोण घिमिरे र अच्युत ओझाले साइवर अपराध र सुरक्षा बारेमा विशेष जानकारी बिद्यार्थीहरुलाई प्रदान गर्नुभएको थियो । 

प्रशिक्षक अच्युत ओझाले साईबर सुरक्षा र साईबर अपराध के हो भन्ने विषयमा बिद्याार्थीहरुलाई  भिजुवल मार्फत सरल र सभ्य भाषामा जानकारी गराउनु ुु भएको थियो । आफु सँग भएका मोबाईल तथा ल्यापटपलार्य ईन्टरनेटमा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा पनि उहाँले विद्यार्थीहरुलाई जानकारी गराउनु भयो । सि एस आ ई टेक बाट प्रशिक्षक दिक्षा थापाले अहिलेको अवस्थामा साईबर अपराधमा धेरै जस्तो युवा युवती र बालबालिकाहरु बढी मात्रामा यस कार्यमा फस्ने गरेको बताउदै आफुले नचिनेका व्यक्तिहरको मोबाइल नं तथा फेस बुक आईडीमा नजोडिन विद्यार्थाीहरुलाई आग्रह गर्नु भयो ।   प्रशिक्षक ई द्रोण घिमीरेले साईबर अपराध र सोसल मिडियाको बारेमा जानकारी गराउदै कसरी साईबर अपराध गर्छन् भन्ने कुराको जानकारी दिनुभएको थियो । त्यति मात्र होईन उहाँले नेपाल टेलीकमको सेवा तथा सुविधाहरको बारेमा उपस्थित विद्यार्थी लगायतका व्यक्तिहरुलाई सरल तरिकाले जानकारी गराउनुभएको थियो ।  

ग्रामीण बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रध्व्ज  थापाले साईबर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम आजको आवश्यकता भएको बताउदै विभिन्न ठाउँ,समय मा भएका घटनाहरलाई उदाहरणको रुपमा भन्दै यस्तो कार्यक्रम आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिनु भयो । उपस्थीत विद्यार्थीहरुले  यस किसिमका साईबर सुरक्षा कार्यक्रम अहिलेको आवश्यक भएकोले आगामी दिनमा हप्तामा एक दिनको कक्षा को रुपमा साइव्र सुरक्षा चेतनामुलक कार्यक्रम सञ्चालनको लागि आयोजक संस्था र सरोकारवाला व्यक्तिहरुलाई सुझाव दिएका छन् । कार्यक्रममा नेपाल टेलिकम गोंगबुु प्रमुख निर्मल घिमिरे,नेपाल टेलिकमबाट केशव भट्टराई,तारकेश्वर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कविराज बस्नेत,ग्रामीण आर्दशका सहायक कार्यालय प्रमुुख सन्तोष पण्डित,क्याम्पसका प्राध्यापकहरु,विद्यार्थी संगठनका पदाधिकारीहरु,पत्रकारहरु लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । सो कार्यक्रमको सञ्चालक पत्रकार  सावित्री बस्नेत सबु ले गर्नु भएको थियो ।

Must View