नागरिक पोष्ट News


चुनौतीका चाङ्ग माथि कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेविसंघका केन्द्रिय सदस्यहरु

2.5K

सुबास जी सी काठमाडौँ — नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय समिति विस्तार भए संगै  नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेविसंघमा सभापति शेरबहादुर देउवाले थप ७१० जनालाई मनोनीत गरेका हुन् । यसपटक कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेविसंघमा ७७ वटै जिल्ला बाट समेटिने गरि ७१० जनालाई मनोनीत गरिएको मनोनित केन्द्रिय सदस्य  सुबास कट्टेलले बताउनु भयो।  

 

          नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेविसंघको केन्द्रिय सदस्यमा मनोनित भए पछि आफ्नो योग्यता र क्षमताले भ्याए सम्म सङठनलाइ योगदान दिने कुराको बाचा गर्दै  अगाडि थप्छन केन्द्रिय सदस्य बन्ने रहर थियो तर अहिले बने पछि आफैलाइ बोझिलो भएको महसुस भयो जिम्मेवारी लिन रहर गर्नु हुदैन रहेछ जस्तो लाग्दैछ किन् कि मलाई निकै जिम्मेवार महसुस गराइरहेको छ जुन कठिन मात्र हैन चुनौतिका चाङ्ग छन ।

 

 नुवाकोट  सुर्यगढ़ी गाउपालिका ५ का कट्टेल हाल ठमेलमा ब्याबसाय गर्दै आएका छन्।  उनी अब छिट्टै नया निर्बाचन गराउने र निर्बाचन मार्फत नया नेतृत्व तय गर्ने गरि तदर्थ समिती गठन भएको बताउछन।   यस अघि २०७८ सालको  चैतमा सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष बनाएका थिए ।    सुबास कट्टेल सफल युबा ब्याबसायी मात्र नभयर युबा समाजसेवी पनि हुन्।  कोभिड१९ को समयमा सुबास कट्टेल,सुवन गिरि, दिपक, पवन लगायतका युवाहरुले काठमाण्डौको माछापोखरीमा तिन महिनासम्म करिब १५ हजार भन्दा बढि निमुखा नागरिकहरुलाई निशुल्क खाना बितरण गरेका थिय।

 

 

कट्टेल  2013 मा सि ए नेबिसंघ भारतको संस्थापक सह सचिब समेत  बनेका थिय । त्यसै समय सह सचिब हुँदै संस्थापक उपाध्यक्षको कार्यकाल समेत सफल रुपमा संचालन गरेको अनुभव कट्टेल सङ्ग रहेको छ ।

 

 

 

Must View