नागरिक पोष्ट News


एमाले लाइ संसदको महत्त्व थाहा छैन, बिगतमा पनि १८७ दिनसम्म संसद अबरोध गरेको इतिहास जीवित छ

3.6K

सुबास जी सी काठमाडौं।  एमाले लाइ संसदको महत्त्व थाहा छैन यदि संसदको महत्व थाहा हुदो हो भने पशुपतिका बादरले प्रसादी लुटे जस्तो ब्याबहार देखाउदैन थिय।  संसद मर्यादित थलो हो जनताको आबाज बोल्ने थलो हो यहा छलफल बाट जुनसुकै समस्याको पनि समाधान गर्न सकिन्छ भनेर सम्झने थिय। सुन प्रकरणको बहानामा एमाले ले सरकार संग के माग गरिरहेको छ जनता ससंकित बनेका छन।

 आफु सत्तामा रहदा पटक पटक अनेकौ काण्डमा मुछिदै आएको एमाले माथि लागेको ३३ किलो सुन काण्डको आरोप जनताले अझै पनि उचित जबाफ पाएका छैनन।  आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक मंगलबार पनि अवरुद्ध गरेको छ। यस प्रकारको अबरोध एमालेले आज मात्र हैन बिगतमा अपनी नेपालको इतिहास बनाएको छ। २०५७ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामाको एक सूत्रीय अडान राखेर एमालेले निरन्तर ५७ दिन सदन अबरुद्ध गरेको थियो। यसपटक पनि एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने माग सम्बोधन नभएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो। तर पनि जनता त्यो मान्न तैयार छैनन्।  

 नेकपा एमाले झ्लोला भरि काण्ड बोकेर हिडेको पार्टि हो ।  एति, ओम्नी, जलाहरी  देखि बास्कोटा काण्ड सम्म एमाले माथि लागेको दाग पखालिएको छैन।  त्यसैले जनता यतिखेर एमालेको अडान छानबिनमा आफु मातहतको मान्छे घुसाउनु चाहना पुरा गर्न खोजिरहेको आकलन गरिरहेका छन्।                       गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महत  पनि सुन प्रकरणमा शंकाको घेरामा रहेको दाबि गर्दै एमालेले  घुमाउरो पारामा राजिनामा माग्ने दाउमा देखिन्छ। त्यसैले  सीआईबीले गृह र अर्थमन्त्रीलाई पनि अनुसन्धानको घेरामा ल्याउन माग गरिरहेको छ। स्मरण रहोस २०४८ को निर्वाचनबाट निर्वाचित संसद लगातार ५६ दिनसम्म अवरुद्ध गरेको नेकपा एमालेले २०७४ को निर्वाचनपछि बनेको संसद निरन्तर १८७ दिनसम्म अवरोध गरी विगतको आफ्नै कीर्तिमानी तोडेको थियो । त्यसमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाको बीचमा दुईपटक विघटन समेत गरेर अर्को कीर्तिमानी थपेका थिय। 

 

 

Must View