स्थानिय सरकारले एमाले पार्टी कार्यकर्ता देखि युटुबर सम्मलाइ ६० लाख बितरण
सुबास जी सी काठमाडौं। यतिखेर एमालेले देशै भरि नाङ्गो नाच देखाइरहेको छ। केन्द्र सरकारले मात्र हैन गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको स्थानिय सरकारपनि हनुमान नाच देखाइरहेको छ। नगरप्रमुख जीवन खरेलले बिपत व्यबस्थापनको नाममा ६० लाख रुपैया कार्यकर्तालाई बाडेका हुन्। यसरी मेयर खरेलले बितरण गरेको रकम ८० प्रतिशत भन्दा बढि एमालेको कार्यकर्तालाई दिएको स्थानियहरुको आरोप छ। बाडी पहिरो पिडितका लागि भनर बाडियको रकममा पार्टिका कार्यकर्ता देखि युटुवर सम्मलाइ अधिकमा २२ हजार सम्म बितरण गरेको पाइएको छ।
संसदमा हङ्गामा चलाइरहेको एमाले स्थानियतहमा पनी बबण्डर मच्चाउन सफल देखिन्छ। स्थानिय सरकारले जनताको समस्यामा काध हाल्नु जायज छ तर बिपतब्याबस्थापनको नाउमा कार्यकर्ता खुसि पार्ने काम गर्नु सरासर गलत छ। आर्थिक हिसाबले सम्पन्न परिवारले घरको सानो कुलेसो भत्किएको बहानामा रकमान्तरण गरिनु निन्दनीय छ। वास्तविक समस्यामा पर्नेले ४ हजार पाए तर समस्यानै नभएकाहरुले २५ हजार पाएको गुनासो वडा अध्यक्ष मोहन घिमिरे गर्नुहुन्छ। अन्य कयौ वडाध्यक्षहरुको फोन लागे पनि उठाउदैनन भने सोहि रकम बितरण गरिएको सम्बन्धमा सोधपुछ गर्दा प्रमुख प्रशासकीय अधिकृत बिनोद कुवर यस बिषयमा बोल्न चाहदैनन्।
नगर उप प्रमुख गङ्गा श्रेष्ठका अनुसार वडाअध्यक्ष को सिफारिसका आधारमा वितरण गरिएको रकम बिपत ब्याब्स्थापना बाहेक अन्य प्रयोजन नरहेको बताउनु हुन्छ। कार्यकर्ता पोस्ने कामको सामाजिक संजाल मार्फत सर्बत्र बिरोध भए पछि नगरप्रमुख जिबन खरेलले आफुलाई फेसबुकमार्फत चोख्याउदै गरिब निमुखाअसहायहरुको सेवा गर्दा पनि राजनीति गर्दछन भन्दै लामो स्टासटसले मनको आगो निभाएको पाइन्छ।