नागरिक पोष्ट News


अन्तरराष्ट्रिय मानव अधिकार संगठन (IHRO) नेपालको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न 

1.7K

काठमाण्डौँ । अन्तरराष्ट्रिय मानव अधिकार संगठन नेपालको उद्घाटन समारोह काठमाण्डौँको एक होटलमा भव्यताका साथ सम्पन्न भएको छ । लाइन्स कल्बका अग्रज व्यक्तित्वहरुको सहभागीतामा श्रावण २० गते उद्घाटन सम्पन्न भएको हो ।  विश्वभर मानव अधिकार दिवस १० डिसेम्बरमा मनाइन्छ । 

अन्तरराष्ट्रिय मानव अधिकार संगठन नेपाल एक स्वायत्त,स्वच्छिक,गैर सरकारी,गैर दलिय र गैर लाभकारी संस्था हो । जसले विश्वमा समानता समाजको लागि मानव अधिकारको संरक्षण र कार्यान्वयन गर्ने परिकल्पना गर्दछ । 

आ.ई.एच.आर ओ ले व्यक्तिहरुको मानव अधिकारको वकालत गर्न २० भन्दा बढी देशहरुमा आफ्ना साझेदारीहरुसँग विश्वव्यापी रुपमा काम गर्दछ । यसले न्याको लागी आवाज उठाउनुको साथै आर्थिक,सामाजिक,राजनितिक सबैमा न्याय खोज्ने गर्दछ । साथै कुनै पनि पिडित व्यक्ति,राष्ट्र र जनताको स्वतन्त्रताको लागी आवाज उठाउँदै मर्यादा र अधिकारमा सबै मानिसलाई समान व्यवहार गर्ने र सार्वभौमिकताको भावनामा भातृत्वको सृजना गर्ने मुल मन्त्रका साथ यस संस्था अगाडी बढेको छ । 

 

मानिस भएर जन्म लिए पछि उनीहरुको सम्मान पुर्वक बाच्न,खान,लाउन,बोल्न देखि विभिन्न अधिकारहरु पाउनु पर्दछ । यसले हक अधिकारबाट बञ्चित भएको पिडित वर्गाको उद्धारका निमीत्त यो सगंठनको जन्म भएको हो । यस सगंठनको उद्घाटन आ.ई.एच.आर नेपालका अध्यक्ष समाजसेवी तथा सामाजीक अभियन्ता भि.के एस ठकुरीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो । 

उद्घाटन कार्यक्रममा IPDG PMJF Lion अमर बहादुर श्रेष्ठ, Second VDG PMJF Lion विनय बस्नेत, MJF Executive District Chief Lion बलराम श्रेष्ठ, PMJF District Executive Chief Lion महेश प्रसाद पोख्ररेल, Honorary District Advisor Lion गोपाल श्रेष्ठ, PMJF Programme Member Lion अमित शर्मा, Zone Chairperson Lion अरुण कुमार गुरुगं, सुष्मा शर्मा,जहेन्द्र लाल श्रेष्ठ, पत्रकारहरु लगायत विशिष्ट व्यक्तिहरुको उल्लेखनीय उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन पत्रकार तथा अधिबक्ता साधना बस्नेतले गर्नुभएको थियो ।  

Must View