नागरिक पोष्ट News


महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप

847

महोत्तरी । महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी मानिस यो रोगबाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुमा बढी देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन । चिकित्सकहरूले आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठ्यारो हुने रोगको लक्षण भएको जानकारी दिएका छन् ।

यो रोगको प्रकोप तिव्रगतिमा फैलिए पछि निको नहुन्जेल रोग लागेका विद्यार्थीहरूलाई घरमा राख्न अभिभावकहरूलाई अनुरोध गरेको एभरेस्ट बोर्डिङ्ग बर्दिबासका सञ्चालक अरुण कार्कीले जानकारी दिए । 

सो रोग फैलने क्रम तिव्र भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरूले बताएका छन ।

अहिले जिल्लाका क्लिनिक र अस्पतालहरू आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको संख्या दोब्बरले वृद्धि भएको अस्पतालले जनाएको छ ।

Must View