नागरिक पोष्ट News


फूलसँगै रमाएका मनहरू (फोटोफिचर) कसले के भने (भिडीयो सहित)

1.9K

काठमाडौं । सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्थानिय बासिन्दा तिहार पर्वलाई लक्ष्यित गरी मखमली फूलको माला गाँस्न सुरू गरेका छन् ।

मखमली र सयपत्री,गोदावरीलगायतका फूलखेतीका लागि चर्चित स्थान गुण्डुका स्थानीयले धानखेतीको काम सकेर खेत–बारीमा फुलेको मखमली टिपेर थन्क्याउन थालेका हुन् ।

सो क्षेत्रमा व्यवसायिक रूपमा फूलखेती गर्नुहुने सफल किसान रञ्जना बस्नेतले खर्च कटाएर फूलको बेर्ना र फूल विक्रीबाट वार्षिक ७÷८ लाख रूपियाँ आम्दानी हुने बताएकी छन्।

सूर्यविनायक नगरपालिका वडा–७ का अध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले यस आर्थिक वर्षमा ६ लाख रूपियाँ अनुदान सहयोग दिएर अफ्रिकन मेरीगोल्डको ५५ हजार बेर्ना तयार गरी ३१० जना किसानलाई प्रदान गरिएको बताएका छन् ।

साना किसान कृषि सहकारी संस्था लिमिडेढका प्रवन्धक अजय रिसालका अनुसार गत वर्ष सहकारीमार्फत किसानलाई बेर्ना राख्न दिएर व्यवसायीको २० र अनुदानको ८० प्रतिसतमा बेर्ना वितरण गरिएकोमा यस वर्ष किसानको ३० प्रतिसत र अनुदान सहयोग ७० प्रतिसतमा पुष्प व्यवसायी किसानले फूलको बेर्ना प्राप्त गरेका छन् ।

 

 

 

 

 

 

गुन्डुका पुष्प व्यवसायीहरूले यस पटक फूलको बिरूवा ढुसी र पुतलीजन्य रोग लागेकोले उत्पादन घट्ने आँकलन गरेका छन् ।

खुला जमिनमा गरेको पुष्पखेतीमा ट्रयाप त्यत्ति प्रभावकारी हुन्न, ढुसीजन्य रोगको कारण बोटै खुइलिने समस्याले किसानको मेहनत अनुसारको आम्दानी हुन कठिन हुने व्यवसायीहरूको भनाई छ । रोगको उपचारको लागि किटनाषक प्रयोग गर्दा किसानको लागत खर्च बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

Must View