अव्वल भ्याली लायन्स क्लवकाे नेतृत्व हस्तान्तरण
काठमाडौ । लायन्स क्लव अफ अव्वल भ्यालीले लायन वर्ष २०२३/२४ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई आफ्नो पदीय जिम्मेवारी हस्तान्तरण गरेको छ । चार्टर प्रेसिडेन्ट लायन राजु खड्का, पूर्व प्रेसिडेन्टहरू लायन राजेन्द्र बराल र लायन प्रेम श्रेष्ठकाे उपस्थितिमा लायन वर्ष २०२२/२३ का प्रेसिडेन्ट लायन सागर के.सी.ले लायन वर्ष २०२३/२४ का लागि निर्वाचित प्रेसिडेन्ट लायन भिमशेन खड्कालाई एक कार्यक्रमका बिच आफ्नो नेतृत्व हस्तान्तरण गरेका हुन ।
यसैगरी उक्त कार्यक्रममा लायन वर्ष २०२३/२४ का लागि निर्वाचित सचिव लायन अनिल महर्जन र काेषाध्यक्ष लायन राजाराम रेग्मीलाई पनि पद हस्तान्तरण गरिएको बताइएको छ । १ वर्षको कार्यकाल रहने लायन्स क्लवहरू सबैकाे कार्यकाल इ.सं.काे जुलाई १ मा शुरू भएर अर्को वर्षको जुन ३० मा सकिने गर्दछ ।
उक्त हस्तान्तरण कार्यक्रममा चार्टर प्रेसिडेन्ट लायन राजु खड्का, पूर्व प्रेसिडेन्टहरू लायन राजेन्द्र बराल र प्रेम श्रेष्ठ तथा निवर्तमान प्रेसिडेन्ट लायन सागर के.सी.ले नवनिर्वाचित प्रेसिडेन्ट लायन भिमसेन खड्का लगायत सम्पूर्ण कार्यसमितिलाई बधाईसहित कार्यकालकाे पूर्ण सफलताकाे कामना गरेका थिए भने नयाँ कार्यसमितिकाे तर्फबाट प्रेसिडेन्ट भिमशेन खड्काले क्लवलाई नेतृत्व क्षमता, सेवाकार्य एवम फेलाेशिपकाे क्षेत्रमा अझै उत्कृष्ट बनाउने प्रतिवध्दता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा क्लवकाे आगामी कार्ययोजनाकाे बारेमा समेत छलफल गरी निर्णयहरू लिइएको बताइएको छ ।