नागरिक पोष्ट News


माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिको एजेण्डा तय गरिने

686

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । हिजो अपराह्नका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएपछि आजका लागि बोलाइएको हो ।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आगामी बुधबारबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो । पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक बोलाएको हो ।

Must View