नागरिक पोष्ट News


मानव बेचविखन विरूद्धको राष्ट्रिय नीति, २०८० मस्यौदाबारे छलफल

1K

काठमाडौँ । मानव बेचविखन विरूद्धको राष्ट्रिय नीति, २०८० मस्यौदाबारे छलफलको आयोजना गरिएको छ । महिला तथा बालबालिका बेचविखन विरूद्धको सहकर्मी समुह, नेपाल (एटविन)द्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा सरोकारवाला संस्थाका प्रतिनिधी  र अभियन्ताबीच उक्त मस्यौदाबारे समुहगत छलफल भएको हो । 

कार्यक्रममा विज्ञ रत्नकाजी बज्राचार्यले “मानव बेचविखन विरूद्धको राष्ट्रिय नीति”बारे कार्यपत्र प्रस्तुत गर्दै अब बन्ने मानव बेचबिखन विरुद्धका राष्ट्रिय नीति विगतका भन्दा अग्रगामी हुने र त्यसका लागि सम्वन्धीत सरोकारवाला सङ्घ,सस्थाका प्रतिनिधी र अभियन्ताले काम गरेको अनुभवको आधारमा प्राप्त  सुझावले विशेष महत्व राख्ने विचार व्यक्त गर्नुभयो । 

अभियन्ता सन्ध्या श्रेष्ठले सोह्रौं योजनामा मानव बेचविखनको विषयबस्तुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरूङले मानव बेचविखनबाट पीडित÷प्रभावितको उद्धार, फिर्ति, पुनस्थार्पना  र पुनः एकिकरण सम्वन्धी कार्यलाई पीडित÷प्रभावितमैत्री हुने आशा व्यक्त गर्नुभयो । 

उहाँले मानव बेचविखनमुक्त समाज निर्माणका लागि थुप्रै संस्थाले राज्यसँग सहकार्य गरेर काम गरिरहेको सन्दर्भमा यस सम्वन्धी नयाँ, नयाँ समस्या आइरहेको बताउँदै यसको अन्त्यका लागि मानव बेचविखन  विरूद्धको राष्ट्रिय नीति तथा सोह्रौ योजनामा मावन बेचविखन विरूद्ध समेटिने  विषयबस्तु प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

एटविनका अध्यक्ष सीता पौड्यालले मानव बेचविखनमुक्त समाजको परिकल्पना साकार पार्न यस सन्दर्भमा साझा लक्ष्य राख्ने संस्थाहरूको सामुहिक आवाजलाई बुलन्द बनाउन काम गरिरहेको बताउनुभयो । 

त्यसैगरी एटविनका सचिव शान्ता खनालले न्यायपुर्ण समाजमा कोहीमाथि पनि विभेद, शोषण तथा मानव बेचविखन जस्तो अपराधका घटना नहोस् भन्ने उद्देश्यले एटविनले नीतिगत सुझाव पनि प्रस्तुत गर्ने सोचले राष्ट्रिय नीतिबारे छलफलको आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा सहभागी एटविनसँग आवद्ध सङ्घ संस्था र अन्य सहभागी  अभियन्ताहरूले मानव बेचविखन विरूद्धको राष्ट्रिय नीति–२०८० मा वृहत छलफल गर्दै संसोधन गर्नुपर्ने बुँदाहरू सुझावको रूपमा प्रस्तुत गर्नुभएको थियो ।   

Must View