नागरिक पोष्ट News


२ सय भन्दा बढी होचा पुड्काका लागि आवास निर्माण गर्ने कार्यको पहलकदमी गर्दे समाजसेवी शान्ता शर्मा

2.2K

सबु बस्नेत, काठमाडौं । नेपाल एक बिबिधतामा एकता भएको राष्ट्र हो । यहाँ बिभिन्न किसीमका मानिसहरूको बसोबास रहेको छ । जो जहाँ जसरी बसे  पनि सबै नेपालका नागरिक हुन् । यहि कुरालाई मध्यनजर गरी  बिगत लामो समय देखि समाज सेवामा संलग्न रहेका शान्ता शर्माले अहिले होचा पुड्काका लागि उनीहरूलाई सुहाउने किसिमले आवास बनाउनु पर्ने कुरालाई जोड दिईरहेका छन् । समाजसेवी एवम् व्यवसायी शान्ता शर्माले २ सय भन्दा बढी होचा पुड्काका लागि आवास निर्माण गर्ने कार्यको पहलकदमी गर्दे आएका छन्। शर्माले उनीहरुलाई सुहाउँदो आवास निर्माणका लागि सरोकारवालाहरुसंग छलफल कार्य गरिरहेका छन् । 

शर्माले यस कार्यको लागि विभिन्न ठाउँमा पहल कदमी गर्दै आएका छन्। त्यसै सन्दर्भमा आज तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनसँग पनि छलफल गरेका छन् ।

मेयर महर्जनले पनि यस बिषयमा अध्ययन गरि यस कार्यलाई अगाडि बढाउने कुरामा जोड दिएका छन् ।

यस्तै होचा पुड्काको लागि आवास बनाउने कार्यको लागी शर्माको संयोजकत्वमा समिती समेत गठन गरिएको छ । त्यसमा नेपाल होचा पुड्का संघको तर्फबाट अध्यक्ष बिन्दा दुलाल, अधिवक्ता निर्मलकुमार उप्रेती , प्रवक्ता सबित्री बस्नेत र सदस्यहरुमा बरिष्ठ गायक तिलक बस्नेत, बरिष्ठ गायिका सोनिका लामा, समाजसेवी शिव पाण्डे , मिस तामाङ २०२३ को फर्स्ट रनरअप  सन्जिवि तामाङ र युकेका प्रतिनिधिमा सुमि राई लिम्बु पत्रकार मेनुका कार्की लगायत रहेका छन् ।

 

Must View