नागरिक पोष्ट News


मुसिकोट नगरबासीहरुको पहिलो भेला सम्पन्न : मुसीकोट नगरपालिकाको बृत्तचित्र उत्कृष्ट रहेको दाबी

4.4K

काठमाडौं । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका गुल्मी देखि काठमाडौमा रहदै आउनु भएका नगरबासीहरुको भेला सम्पन्न भएको छ । त्रिभुवन विश्व बिद्यालयका  प्रोफेसर तथा निबर्तमान डिन डा. तारा सापकोटा,पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस प्रोफेसर तथा निबर्तमान सहायक डिन  डा. ज्ञान बहादुर थापा,त्रिभुवन विश्व बिद्यालयका  प्रोफेसर   जिबलाल सापकोटा, भरतराज उप्रेती लगायत 45 जनाको उपस्तिथि रहेको थियो । कार्यक्रमको सभाध्यक्ष रास्ट्रपति  चुरे संरक्षण  सहायक बन अधिकृत कर्ण पाण्डेले गर्नु भएको थियो । कार्यक्रम संयोजक सुबास जि सि ले  नगरपालिका देखि भौगोलिक हिसाबले टाढा रहेर पनि नगरपालिका प्रती चासो राख्नु पर्ने भन्दै नगरबासिहरुले स्थानिय सरकारको राम्रो कामलाइ धन्यवाद र गलत कामहरुमा खबरदारी गर्नु पर्ने कुरा उठाउनु भयो  । बिशिस्ट अतिथिहरुले मुसिकोट नगरपालिकाको इतिहास नेपाली उत्कृष्ट इतिहास रहेको बताउदै गुल्मीको मुसिकोट लाई नेपालमा मात्र  नभएर विश्व सामु चिनाउन पर्ने बताउनु भयो । 

 3 घण्टा लामो कार्यक्रममा नगरसरकारले निर्माण गरेको बृत्तचित्र अबलोकन गरि सुझाबहरु सन्कलन गरिएको थियो । अधिकाम्स बक्ताहरुले डकुमेन्ट्री राम्रो बनेको तर  डकुमेन्ट्रीमा  कला संस्कृती र ईतिहास समेटन छुटेको भन्दै सुझाब गरेका छन । कार्यक्रमको आयोजना सुबास फिल्मसले गरेको थियो भने कार्यक्रमको सन्चालन बिदुर गिरिले गर्नु भएको थियो ।

 

Must View