राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८०को मनोनयन सार्वजनिक
काठमाडौं, आदिबासी श्रष्टाहरुको प्रतिभा प्रस्तुतिसँगै सम्मानको लागि क्वालिटी फिल्मस्को आयोजनामा ‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८०’ हुने भएको छ । यही साउन महिनामा आयोजना हुने यो अवार्डको काठमाडौंमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । गीतकार तथा उपत्यासकार सुरेन्द्र महर्जन ‘अमर’को सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशकी साँसद मिना श्रेष्ठले उद्घाटन गरिन् । समारोहमा अतिथिका रुपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद सदस्य एवम् गायिका टिका पुन, गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा, अभिनेता धिरेन शाक्य, अभिनेता बिनोद श्रेष्ठ, निर्देशक जनक गुरुङ, पत्रकार बिजय रत्न तुलाधर, तुलसी गिरी भावुक लगायत थिए । आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङलगायत अतिथिहरुले मनोयनमा परेकाहरुलाई कार्यक्रममा प्रमाणपत्र वितरण गरे । आदिबासी जनजातिको गीतसँगीत र चलचित्रलाई बाहिर ल्याउँदै उत्कृष्ट प्रतिभा र सृजना चयन गरेर पुरस्कृत गर्न यो अवार्ड आयोजना गर्न लागिएको आयोजक उमेश गुरुङले कार्यक्रममा बताए ।
मनोनयनमा परेका विधाहरु
तामाङ भाषा
१ गीतकार आमालाईलाई चाहियो –प्रकाश योञ्जन ल्होसार
हाम्रो चिनारी– बिशाल स्याङ्तान गोरी गोरी मैच्याङ – छेवाङ तेन्जिङ