नागरिक पोष्ट News


ट्रेण्डिङ्गमा योगेन्द्रको ‘क्लियर कट’

686

रिलिज भएको २४ घण्टा नवित्दै चर्चित संगीतकार योगेन्द्र उपाध्यायको गीत ‘क्लियर कट’को युट्युवको ट्रेण्डिङ्गमा परेको छ । शुक्रबार सार्वजनिक गरिएको लोकपप शैलीको गीत टिकटक तथा अन्य सामाजिक सञ्जालमा समेत चर्चित बनिसकेको छ । धेरै लामो समय पछि रिलिजको २४ घण्टा नवित्दै गीत ट्रेण्डिङ्गमा परेको हो । सार्वजनिक गीतमा योगेन्द्रको संगीत, डिपी खनालको शब्द र शंकर थापा स्माइलको स्वर र उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई कार्टुन क्रुजले निर्माण गरेको हो । सरोज अधिकारीको निर्देशन रहेको भिडियोमा पवन सुस्लीङको छायाँकन र सरोज अधिकारीकै सम्पादन रहेको छ । सविन भण्डारी र अनुस्का श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा एञ्जेल राई, पुर्वि सेन, आदर्श गहतराज, योगेश भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्रिभुवन विश्वबिद्यालयबाट संगीतमा माष्टर गरेका योगेन्द्रका यसअघि पनि थुप्रै गीतहरु चर्चित छन् ।  

Must View