सुन तस्करी प्रकरण : आरोपीतलाई १० दिन हिरासतमा राख्न अनुमति
651
काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागले अनुमति पाएको छ ।
उच्च अदालत पाटनले बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् ।