चीनमा समुद्री आँधी, सयौँ मानिस विस्थापित
469
चीन । चीनको क्वाङतोङ प्रान्तमा तलिम नामक समुद्री आँधीले स्थिति तनावग्रस्त बनाएको छ । दक्षिण तटीय प्रान्तमा प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको आँधीका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।
तटीय क्षेत्रबाट झण्डै साढे दुई लाख मानिसलाई अन्यत्रतिर सारिएको छ । हजारौँ माछा फार्महरू तहस नहस भएका छन् ।
हाइनान प्रान्तमा सुमद्रको लहर २० फिटसम्म माथि उठेको जनाइएको छ । समुद्री आँधीसँगै भारी वर्षा पनि भएको छ । जसका कारण हवाई उडानका साथै यातायात अवरुद्ध भएका छन्।
आँधीको प्रभाव भियतनाममा पनि परेको छ । भियतनामले पनि ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । आँधीको प्रभाव भोलिसम्म रहनसक्ने अनुमान गरिएको छ ।