नागरिक पोष्ट News


३.४ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा

630

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा नेपालका बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१५७ अर्ब ३६ करोड बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.५५२ अर्ब ७१ करोड (१३.५ प्रतिशत)ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ । २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजीक्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजीक्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ६.० प्रतिशतले र वित्त कम्पनीहरुको ०.९ प्रतिशतले बढेको छ ।

Must View