नागरिक पोष्ट News


फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची

574

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज ठूलो नेपाली गोलभेडा, स्थानीय काउली, भटमासकोशा, माछे खुर्सानी, कलकत्ते आँप, चुकुन्दर, न्यूरो, भिण्डी, लौका, र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ, टनेल गोलभेडा र रातो मूला ४५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ३३ पैसा, भारतीय सुकेको प्याज ४९ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तै, लोकल गाँजर, स्थानीय ज्यापु काउली, मकै बोडी, लोकल काँक्रो र ब्रोकाउली ८५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, सेतो लोकल मूला १२ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो, तने बोडी, घिरौला, झिगूनी, घिउ सिमी, पिंडालू, रातो बन्दा, रुख कटहर, भेडे खुर्सानी र हरियो लसुन प्रतिकेजी ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, राजमा घिउ सिमी प्रतिकेजी ११५ रुपैयाँ, टाटे सिमी र रायोको साग ९५ रुपैयाँ, हरियो फर्सी, तोरीको साग र जिरीको साग ५५ रुपैयाँ, कन्य च्याउ १६६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३४० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, सेलरी १३५ रुपैयाँ, तामा १२५ रुपैयाँ पर्नेछ । 

मालदह आँप १५५ रुपैयाँ, कागती १३३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, मौसम र जुनार २३५ रुपैयाँ, अकबरे खुर्सानी ४५० रुपैयाँ, किवी ८५० रुपैयाँ, अदुवा २५० रुपैयाँ र एभोकाडो ५५० रुपैयाँमा किनबेच भइरहेको छ ।

Must View