नागरिक पोष्ट News


युनिकाले जितिन एसइइ डान्स च्याम्पियनको उपाधि

749

काठमाडौं । आफ्नी २६ प्रतिस्पर्धीलाई पछि पार्दै चौथो ‘एसइइ डान्स च्याम्पियनसिप – २०८० ’ को फाईनलमा युनिका खतिवडा बिजेता बनेकी छिन् । उपाधिसँगै उनले पुरस्कार स्वरुप १ लाख रुपैयाँ, अवार्ड र प्लस टु अध्ययनको लागि छात्राबृत्ति पनि जितेकी छिन् । कार्यक्रममा विशेष अतिथि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पाली ठकुरीले अवार्ड प्रदान गरिन् । फाईनलमा २७ जना उत्रिएका थिए । फाईनलमा पुगेका २७ जनाले नै प्लट टु (११ र १२) कक्षा अध्ययानका लागि विभिन्न कलेजबाट छात्राबृत्ति पाएका छन् । सात वटै प्रदेशबाट अडिसन लिएर विभिन्न चरणको चयनपछि उनीहरु फाईनलमा पुगेका हुन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौंको जमल स्थित नाचघरमा भएको सो प्रतिस्पर्धामा धरती बिष्ट मगरले फस्ट रनरअपको उपाधिसँगै ५० हजार नगद, ट्रफी र प्लस टुको छात्राबृत्ति प्राप्त गरेकी छिन् ।

यस्तै समीक्षा कार्कीले सेकेन्ड रनरअपको उपाधि सहित ट्रफी ३० हजार रुपैयाँ र प्लस टुको छात्राबृति प्राप्त गरेकी छिन् । सो प्रतिस्पर्धामा योङजुम शेर्पाले भिवर्स च्वाईस अवार्ड सहित छात्राबृत्ति, सहिष्मा खड्काले नृत्यमा अनुसासन अवार्ड सहित छात्राबृत्ति, लाजिव शाही ठकुरीले उत्कृष्ट नृत्य कला अवार्ड सहित छात्राबृत्ति र प्रशान्ति अधिकारी उत्कृष्ट स्टेज प्रस्तुति बिजेता बन्न सफल भएका छन् । यी सबैले छात्राबृत्ति हाँसिल गरे । फाईलनमा पुगेर प्लस टुको छात्राबृत्ति पाउनेहरुमा जेसिका राज्यलक्ष्मी ठकुरी, कृति थापा, पवित्रा पूर्वाछाने, प्रदिप लामा, प्रसान्ती अधिकारी, रौनक सिंह, रोशनी अधिकारी, रुमिका राई, आस्विन गुरुङ, आशा राई, अनुषा महत, विनिता कुमाल, इल्जिसा कार्की, हस्तकुमारी जोशी, सहिस्मा खड्का, सन्तोषी तामाङ, श्रेली लिम्बु, सृँगार श्रेष्ठ, सोनियाँ खत्री, स्वीकृत योगी, योङजुम शेर्पा, सुरज लुवागम, र कमला मिश्रा रहेका छन् ।

संस्कृति राज्यमन्त्री ठकुरीले प्रतियोगीहरुको नृत्यको प्रसँसा गर्दै आयोजकले प्रतिभालाई माथि उठाउने निकै राम्रो कार्यक्रम गरेको भन्दै बिजेताहरुलाई बधाई ज्ञापन गरिन् । हिसानको सँयोजकत्वमा आफुहरुले फाईनलमा पुगेका सबैलाई प्लस टुका लािग छात्राबृत्तिको व्यबस्था गरेको आयोजक बज्रायोगिनी डान्स एन्ड म्युजिक एकेडेमीका अध्यक्ष महेश गोदारले फाईनल समारोहमा बताए ।

Must View