नागरिक पोष्ट News


सुन्दरी दिवान्सीसँग रोमान्टिक अवतारमा दुर्गेश

805

काठमाडौँ । गायिका जया छन्त्याल पुनले  ‘मुटु खाने भो’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् । जसमा गायिका पुनलाई गायक नविन रानाले स्वरमा साथ दिएका छन् । सार्वजनिक गीतमा  प्रल्हाद सुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ । एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापाको सशक्त अभिनय रहेको छ ।

भिडियोमा दुर्गेशलाई दिवान्सी रोका मगरले अभिनयमा साथ दिएकी छिन् । भिडियोले वैँशालु उमेरमा चोखो माया लगाउने एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ । जसमा माया प्रेममा आउने उतार चढावलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । भिडियोको छायाकंन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन र कलर मनोज कार्कीले गरेका हुन् । गायिका पुनका यसअघि झ्याम्मै बस्यो साईली, बाग्लुङ पञ्चकोट, लगायतका डेढ दर्जन बढी गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक गीतको भिडियो पनि गायिका पुनकै अफिसियल च्यानल जया छन्त्याल पुनबाट बजारमा आएको हो ।

Must View