आषाढ २२ देखि साँखुमा “जेसीज सप्ताह २०२३” को सुरुवात गरिदै
काठमाडौँ । साँखु जेसीजको आयोजनामा यस वर्ष पनि “जेसीज सप्ताह- २०२३” हुने भएको छ । सात फरक–फरक प्रकृतिका कार्यक्रमहरु आषाढ २२ देखि श्रावण १३ गतेसम्म आयोजना गर्दै यस सप्ताह हुने भएको हो । प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा आयोजना गर्दै आएको विविध सामाजिक क्रियाकलापलाई यस वर्ष पनि साँखु जेसीजले निरन्तरता दिन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
यस वर्ष जेसीज सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन असार २२/२३ गते हेभेन हिलमा समुद्घाटन सहित साखु जेसिज स्थापना दिवसको संचालन हुनेछ,जसको संयोजकको रुपमा जेसी सबिन श्रेष्ठ (पुर्व अध्यक्ष ) रहनुभएको छ । दोस्रो दिन असार २८ गते जेसी रिता श्रेष्ठको संयोजकत्वमा शंखरापुर ८,भुल्बुमा वृक्षारोपण कार्यक्रम रहेको छ । असार ३० गते जेसी रवि श्रेष्ठको नेतृत्वमा सुन्टोल मन्दिर परिसरमा रक्तदान कार्यक्रम रहेको छ। श्रावण ३ गते जेसी सक्षम आचार्यको नेतृत्वमा दि हाकुज रेष्टुरेन्टमा वक्तृत्वकला कार्यक्रम रहेको छ। श्रावण ३ गते नै जेसी सुदन मल्ल ठकुरीको संयोजनमा लागुऔषध दुर्व्यसनी सम्बन्धि सचेतनामुलक कार्यक्रम रहेको छ। श्रावण ६ गते जेसी रुपक पोखरेलको संयोजनमा देवि फरेष्ट रिसोर्ट,सलम्बुटारमा उदघोषण तथा क्षमता अभिवृद्धि तालिम तथा अन्तिम दिन जेसी रेखा दाहाल दुलालको संयोजनमा जेसिज सप्ताह-२०२३ समापन कार्यक्रम रहेको छ।
साँखु जेसिजका अध्यक्ष जेसी गणेश दुलालले साखु जेसिजले सन् २००० देखि निरन्तर जेसिज सप्ताह मनाउदै आएको र जेसिजको स्थापनाको अवसरमा हालै सुष्मा मेमोरियल अस्पतालका ४० जना बिरामीलाई फलफुल बाडिएको जानकारी दिनुभयो।