नागरिक पोष्ट News


‘बगानको कथा मन परेर सहकार्य गरें’ : करिश्मा मानन्धर 

882

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर निर्मात्री पनि हुन् । उनको चलचित्र ‘बगान’ मा को निर्माण र अभियन दुबै भूमिका छ । उनले अभिनयसँगै निर्माणमा समेत सहभागिता हुनुमा कथालाई कारक मानेकी छिन् ।  ‘हामीले काम गर्दै जादा निर्माणमा समेत सहकार्य गर्यौं । सरोज (सरोज खनाल) डेब्यु र कथावस्तु राम्रो भएकाले निर्माणमा समेत जोडिए’, उनले भनिन् । उनले चलचित्रमा एकल आमाको भूमिका निर्वाह गरेकी छिन् । विशेषत चलचित्र नै उनी र उनको छोरी (प्रमिला कार्की) कै वरिपरि घुमेको छ । एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई प्रस्तुत गरिएको भूमिकालाई महसुश गर्न करिश्माले आमालाई नै सम्झीईन् ।  ‘मेरो आमामार्फत बुझेको कुराहरुलाई यसमा प्रयोग गरेकी छु । यो एकल महिलाको जीवन, उसले समाज र परिवारमार्फत राख्ने अपेक्षामा केन्द्रीत छ । केही अव्यक्त तथ्यलाई समेत यसमा प्रस्तुत गरिएको छ’, करिश्माले भनिन् ।  सार्वजनिक गीतसङ्गीतमार्फत करिश्माले चर्चा बटुलिरहेकी छिन् । उनको सुन्दरतासँगै पात्रलाई जीवन्त बनाउन गरेको प्रयाशले सार्थकता पाएको छ । निर्देशक सरोज खनालले पनि अभिनेत्री मानन्धरको सुन्दरता अभिनयमार्फत व्यक्त भएको बताए । उनले भने,‘करिश्मा निकै राम्रो कलाकार हुन् । म उनको को–स्टार भएर काम गरेकाले उनको अभिनय क्षमतासँग परिचित थिएँ । त्यसैले यसमा उनको क्षमतालाई बाहिर ल्याउने कोसिस गरेको छु ।’ ‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।  

Must View