यी पाँच बस्तु साउनमा घर भित्राउँदा हुन्छ लाभै लाभ
काठमाडौँ। भित्तामा झुन्डिएको क्यालेन्डरमा आज बल्ल असार १९ गते हुँदैछ तर पञ्चाङ्ग तिथिका आधारमा हेर्ने हो भने साउन महिना सुरु भइसकेको छ। पौराणिक कथा अनुसार चर्चित समुन्द्र मन्थन यही साउन महिनामा भएको थियो।
भगवान् शिवको महिनाको रुपमा चिनिने साउन महिनामा देवता र दानव दुवै मिलेर गरेको त्यो मन्थन बाट १४ वटा पवित्र बस्तुहरू उत्पत्ति भएका थिए । ती बस्तुहरू घरमा लगेर राख्दा श्री सम्पत्ति बढ्ने देखी अन्य शुभ लाभ हुने विश्वास गरिन्छ ।
ती १४ मध्ये पनि ५ यस्ता बस्तु छन् जुन सम्भव भएसम्म घरमा लगेर यो महिना राख्न साधु सन्तहरू सुझाव दिने गर्छन् । जसमा पहिलो हो, पारिजात । पारिजात फुल समुन्द्र मन्थनबाट फेला परेको मानिन्छ । यो लगेर आफ्नो आँगनमा रोक्ने हो भने त्यसले सुख र ऐश्वर्य मिल्ने विश्वास छ । त्यसैले साउनमा भगवान् शिवलाई पारिजात चढाउँदा राम्रो हुन्छ ।
दोस्रो हो, अमृत कलश । समुन्द्र मन्थन अमृतको खोजीका लागि गरिएको थियो । सो क्रममा फेला परेको हुनाले यदि कुनै घरमा अमृत कलश स्थापित गरिएको छ भने त्यहाँ कुनै दुख कष्ट हुँदैन भन्ने विश्वास छ ।
तेस्रो हो, ऐरावत हात्ती । सेतो रङ्गको ऐरावत हात्ती पनि समुन्द्र मन्थनबाटै फेला परेको मानिन्छ । त्यसैले साउन महिनामा ऐरावत हात्तीको प्रतिमा घरमा भित्राउनु शुभ मानिन्छ ।
चौथो हो, पाँचजन्य शङ्ख । समुन्द्र मन्थनमा फेला परेको यो शङ्ख भगवान् विष्णुले आफूसँग राखेका थिए । त्यसैले यसलाई घरमा राख्नु राम्रो मानिन्छ ।
पाँचौँ हो, लक्ष्मी मता । महालक्ष्मी पनि समुन्द्र मन्थन कै क्रममा फेला परेको हुनाले यो महिनामा लक्ष्मीको मूर्ति पनि घरमा स्थापित गरेर पूजा गर्नु राम्रो मानिन्छ ।