नागरिक पोष्ट News


सञ्चारकर्मी तथा अपाङ्गता अधिकारकर्मी भूमिकला पौडेल सम्मानित

581

काठमाडौं । सञ्चारकर्मी तथा अपाङ्गता अधिकारकर्मी भूमिकला पौडेल “शिखर सम्मान–२०८०” बाट सम्मानित हुनुभएको छ । अपाङ्गता सवालमा सञ्चारकर्म मार्फत महत्वपूर्ण भूमिका खेले वापत उहाँलाई सो सम्मान प्रदान गरिएको हो । शिखर नेपालले राजधानीमा आयोजना गरेको शिखर सम्मान समारोह–२०८० तथा तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०२३ को अवसरमा उहाँलाई समारोहका प्रमुख अतिथी नेपाल सरकार, कृषि तथा पशुपञ्छी विकाश मन्त्रालयका माननीय मन्त्री वेदुराम भुसालले सम्मान प्रदान गर्नुभएको हो । सो समारोहको सभापतित्व शिखर नेपाल तथा तेस्रो राष्ट्रिय शिखर कृषक अवार्ड–२०८० मूल समारोह समितीका अध्यक्ष शेखर खनालले गर्नु भएको थियो । 

अपाङ्गता सवाललाई पत्रपत्रिका, रेडियो तथा टेलिभिजन मार्फत सक्रिय रूपमा आवाज उठाउँदै आउँनु भएकी पौडेल आफू पनि शारिरीक अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ र लामो समय देखि नै अपाङ्गता क्षेत्रमा संलग्न रहि अपाङ्गता भएका व्यक्तिहरूको आवाज बुलन्द पार्नमा महत्वपूर्ण भूमिका खेलिरहनु भएको छ ।  अपाङ्गताको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूद्धारा नै सञ्चारकर्मको जग बसाउँन शुरू गरेको अपाङ्ग आवाज मासिक पत्रिका, अपाङ्ग आवाज साप्ताहिक रेडियो कार्यक्रम ९रेडियो नेपालबाट० तथा साप्ताहिक टेलिभिजन कार्यक्रम अपाङ्गता आवाज ९नेपाल टेलिभिजनबाट० मा उहाँको महत्वपूर्ण भूमिका तथा उल्लेखनिय योगदान रहेको छ । यसका साथै समयसमयमा विभिन्न राष्ट्रिय दैनिकहरूमा समेत अपाङ्गता सम्बन्धी उहाँका लेखहरू प्रकाशित हुनुका साथै अपाङ्गता सम्बन्धी गतिविधिहरूलाई पनि उहाँले विभिन्न सञ्चार माध्यमहरूमा कभर गरिरहनु भएको छ ।

Must View