बाग्मती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
553
हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा भवन हेटौँडामा बस्नेछ ।
आजको बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ । गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ। एमाले र राप्रपाले बजेट विभेदकारी रहेको भन्दै विरोध जनाउँदै आएका छन् ।
बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि बैठक तीन दिनका लागि स्थगित गरिएको थियो ।