नागरिक पोष्ट News


मनमैजुमा निःशुल्क औषधी सहितको आयुर्वेदीक स्वास्थ्य शिविर सम्पन्न

546

काठमाडौं । तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मनमैजुमा औषधी सहित बृहद निःशुल्क विशेषज्ञ आयुर्वेदीक स्वास्थय शिविर सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं ९ को मनमैजु माध्यामिक विद्यालयमा आयोजना गरिएको आयुर्वेदक विशेषज्ञ डक्टरहरु सहितको उक्त शिविरमा ३४१ जनाले सेवा लिएको तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले बताउनुभयो । शिविरमा ९७ जनाको पिसाव र रगतको समेत परिक्षण गरिएको शाहले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य परिक्षण गराउनेहरुलाई निशुल्क आयुर्वेदका औषधी समेत बितरण गरिएको थियो ।

शिबिर बिहान १० बजे देखि ३ बजे सम्म सञ्चालन गरिएको थियो । स्वास्थ्य शाखाको आयोजनामा यहि असार ११ गते धर्मस्थलीको ग्रामसेवा मा।वि र १४ गते पृथ्वीनारायण मा।वि गोलढुंगामा शिविर आयोजना हुने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले जानकारी दिनुभयो ।

पहिचान, अपनत्व अधिकारस् विकासको आधारू तारकेश्वर नगरपालिका नगवयामिका नगर कार्यपालिकाको कार्यालय धर्मस्थली, काठमाडी वृहत नि स्शुल्क विशेषज आयुर्वेद स्वास्श्य शिविर आयोजक तारकेश्वर ०३र बजे कार्यालय नागरिक आोग्े तारकेश्वर, काठमाडौुं

शिबिरमा विहानै देखि मनमैजु मा।वि का स्काउटका विद्यार्थीहरुले विरामीहरुलाई स्वास्थ्य परिक्षणमा सहजताका लागि सहयोग गरेको मनमैजु माध्यामिक विद्यालयकी प्रधानाध्यापक रबिना महर्जनले बताउनुभयो ।

स्वास्थ्य शिविरमा वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जन, तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विनोद कुुमार शाह, तारकेश्वर नगर स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा। लक्ष्मी पौडेल, शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ९ का प्रमुख जनार्दन अधिकारी, तारकेश्वर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवर, तारकेश्वर नगर स्वास्थ्य शाखाकी सिनियर अनमी निरिक्षक राधा थपलिया, अनमी शोभा आचार्य, सि अहेब भरत पाण्डे, हेल्थ असिस्टेन्ट शन्तोष ढकाल,नागरिक आरोग्य केन्द्रकी प्रमुख दिब्या आचार्य, कमला खनाल लगायतको उपस्थीति थियो ।

Must View