नागरिक पोष्ट News


प्रथम कलङ्की महाेत्सव असार ८ गते देखि असार ३० गते सम्म सन्चालन हुने

1.7K

काठमाडौँ । प्रथम कलङ्की महत्सोव गत असार ८ गते देखि सुरु भएको छ। कलङिकीको बाबा पेट्रोल पम्प नजिकै मालपोत कार्यलय जाने बाटो नीर भब्य कार्यक्रमका बीच उद्घाटन गरिएको थियो । पूर्व मन्त्री कल्पना धमला प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा समाजसेबि,बुद्दिजिबी ,राजनितीकर्मी ,नेता तथा स्थानीय ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाल मेला महोत्सव संघका महासचिव युवराज पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेकपा एसका केन्द्रिय सदस्य रामेश्वर श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

आयोजक नब ज्योति युवा परिवार क्लबको तर्फबाट सन्तोष कुमार रायमाझीको सभापतित्वमा कार्यक्रम सन्चालन गरिएको थियो ।मेलाको ब्यवस्थापन भने सयुक्त मेला महत्सब ग्रुप प्रालिले गरेको छ । कार्यक्रममा बरिस्ठ गायक नवीन केसिले आफ्ना गीत गाएर सबैलाई नचाए भने हास्य कलाकार मुकुन्द राउत मुकुन्देले सबैलाई पेट मिची मिची हसाए । असार ९ गते मेलाको दोश्रो दिन कार्यक्रममा चर्चित गायिका प्रतिमा अर्याल र गायक रबि रिमालको बेजोड प्रस्तुति रहेको थियो । र्याप पारखीहरुको लागि पनि विशेष रमाइलो हुने बताएकोछ । असार ३० गते सम्म सन्चालन हुने महोत्सबका बिशेष आकर्षण स्थानीय उत्पादन र कलाकारलाई प्राथमितामा राखिएकोछ । साथै मेला अबधिभर नेपालका चर्चित कलाकारको उपस्तिथि रहनेछ ।

महोत्सब क्षेत्र भित्र विभिन्न स्टल,खेलहरु राखिएकोछ । दुई बजे सम्म टिकट फ्री छ भने त्यसपछि महोत्सबमा आउने ब्यक्तिले ५० को टिकट काटेर राती ८ बजे सम्म अत्यन्त रमाइलो लिन सकिनुका साथै आफुलाइ मन परेको सामान किन्न र खानका विशेष परिकार खान पाइनेछ।५ बर्ष भन्दा मुनिका बालबालिका,अपाङ र वृद्धहरुलाइ निशुल्क टिकट रहेको आयोजकले बताएकोछ । २२ दिन सम्म चल्ने महत्सब अवधीभर झन्डै २ लाख मानिसले महोत्सब अबलोकन गर्नेछन भन्ने आयोजक पक्षको धारणा रहेकोछ।कार्यक्रम सन्चालन भने कुशल टेलिभिजन प्रस्तोता रगायिका बिष्णुमाया पौडेलले गर्नु भएको थियो।

Must View