तारकेश्वर नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत, नगरप्रमुख महर्जनले गरे प्रगति विवरण सार्वजनिक
काठमाडौं । तारकेश्वर नगरपालिकाको नगर सभाको १३ औँ अधिवेशन आज सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको तेह्रौ नगरसभा कान्तिपुरी ए।बी। पार्टी प्यालेस, नेपालटारमा आइतबार सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता नगरप्रमुख कृष्ण हरि महर्जनले गरेका थिए। त्यसैगरी कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौं क्षेत्र न।६ का संघीय सांसद शिशिर खनालको उपस्थिति रहँदा बिशेष अतिथिहरुमा काठमाडौं क्षेत्र न। ७ का संघीय सांसद गणेश पराजुली, संविधान सभा सदस्य एवं पूर्व रक्षामन्त्री श्री भीमसेनदाश प्रधान र संविधान सभा सदस्य एवं पूर्व शहरी विकास राज्यमन्त्री राम मानन्धर रहेका थिए। अतिथिहरुमा प्रदेश सभा सदस्य हरिप्रभा खड्गी, काठमाडौँ प्रदेश नं ६ प्रदेश सभा सदस्य अमन मास्के, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक वैद्यनाथ उपाध्याय, जिल्ला समन्वय समितिका उप प्रमुख श्री शान्ति पाण्डे, उच्च अदालतका पाटनका न्यायधीश एवं राष्ट्रिय न्यायिक प्रतिष्ठानका फ्याकल्टि टेकनारायण कुँवर,तारकेश्वर नगरपालिकाका नगर उप(प्रमुख सिर्जना बुर्लाकोटी अर्याल, जिल्ला अदालत काठमाडौंका न्यायधीश एवं राष्ट्रिय न्यायिक प्रतिष्ठानका फ्याकल्टि डा। रमेश रिजाल, प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा। कृष्णबहादुर घिमिरे, प्रहरी वृत्त बालाजुका प्रमुख मनोजीत कुवँर, नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका प्रमुख जय कुमार यादव, जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्याल , पूर्व नगर प्रमुख श्री रामेश्वर बोहरा नेपाल सरकारका पूर्व सह(सचिव केदार बोगटी,पूर्व नगर उप(प्रमुख भवानी डोटेल धिताल, नेपाली कांग्रेस क्षेत्र नं। ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेपाली कांग्रेस क्षेत्र नं।७ का क्षेत्रीय सभापति मुकुन्द रिजाल, नेपाली कांग्रेस क्षेत्र नं। ६ ख का प्रदेश सभापति श्री विष्णुभक्त तिमिल्सिना, अन्य दलका प्रतिनिधिहरु, नगरपालिकाका वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरु, विविध विषयक्षेत्रमा कार्यानुभव प्राप्त गरेका विद्धवत सहभागीहरु, शिक्षा समिति सदस्य राजेन्द्र तिमिल्सिना, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरू, संस्थागत विद्यालय अन्तर्गत प्याब्सन र एनप्याब्सन प्रतिनिधिहरू, विषयगत शाखा प्रमुख तथा कर्मचारीहरुहरू, पत्रकार , सुरक्षाकर्मी लगायत नगरबासीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद खनालले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए। नगरासभामा स्वागत मन्तब्य प्रमुख प्रशासकीय अधिकृत डा। कृष्णबहादुर घिमिरेले राखेका थिए। स्वागत मन्तब्यमा घिमिरेले तार्केश्वोर नगरपालिकाको सम्क्षिप्त परिचय , भौगोलिक संरचना , शुशासन , स्थानिय सरकारको आफनो मुल्य र मान्यतामा रहेर विनियोजत् रकम लाई सहि सदुपयोग गराउने साथै सामाजिक र आर्थिक बिकाश मा भए गरेका प्रगति बिबरण को फेरस्ती समेत नगर सभामा प्रस्ट पारेका थिए ्र वडा अध्यक्षहरुको तर्फबाट भने शुभकामना मन्तब्य वडा नं। १ का अध्यक्ष विदुर सापकोटाले राखेका हुन्।
नगर प्रमुख महर्जनले आर्थिक वर्ष २०७९ र ८० को प्रगति विवरण सहित मन्तव्य राखेका थिए। “पहिचान अपनत्व अधिकार, दिगो विकासको आधार” भन्ने मूल नाराका साथ आयोजित नगरसभामा बोल्दै महर्जनले तारकेश्वर नगरपालिकालाई समृद्ध बनाउँदै विकासका पुर्वाधारहरुमा सबैले सामुहिक रुपमा काम गर्नुपर्ने बताए। उनले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिइएको बताए । महर्जनले कार्यक्रममा विद्यालयहरूलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, सरुवाजन्य रोगको रोकथाम निगरानी र व्यवस्थापन गर्न आवश्यक पहल गर्ने बताए। त्यसैगरी नगर उप(प्रमुख सिर्जना बुर्लाकोटीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। बुर्लाकोतिले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई समृद्ध बनाउने सन्दर्भमा स्थानीयस्तरमा रहेका सीमित स्रोत र साधनलाई अधिकत्म प्रयोग गरी नगरवासीको आकांक्षालाई पूरा गर्ने बताइन् । उनले आफुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तारकेश्वर नगरपालिकाको आर्थिक, सामाजिक, मानवीय, पूर्वाधार लगायतको विकासका निम्ति कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गरिन । तारकेश्वर नगरपालिकाले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणाम स्वरुप सबै विषयगत क्षेत्रहरुमा सकारात्मक नतिजा देखिन थालेको बुर्लाकोटीको भनाई छ । उनले भनिन,’तारकेश्वर नगरपालिकाको दोस्रो कार्यकालको सरकार गठन भएपछिको पहिलो कार्यपालिका बैठकले शुद्ध पानी सहितको एक घर एक धारा, करको दर घटाउने दायरा बढाउने र शिक्षा, स्वास्थ्य लगायतका सामाजिक विकासको क्षेत्रलाई परिणाम देखिने गरी कार्यान्वयन गर्ने सङ्कल्पका साथ दूरगामी महत्त्वको निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयन हुन थालेपछि नगरवासीको भरोसा र जागरुकता बढेको छ। नगरवासीको भरोसा र जागरुकताका कारण थप उत्साहित भएको छु । आगामी दिनमा निरन्तर नगरवासीको सेवामा लागिरहने विशवास दिलाउन चाहान्छु । स्थानीय सरकारलाई नगरवासीको अभूतपूर्व साथ र सहयोग प्राप्त भएको छ। दृढ इच्छाशक्ति र सङ्कल्प भयो भने सबै प्रकारका विकृतिलाई नियन्त्रण गर्ने शक्ति लोकतन्त्र भित्रै छ भन्ने प्रमाण तारकेश्वर नगरपालिकाले आगामी दिनमा अझै विश्वसनीय ढङ्गले स्थापित गर्नेछ । सुशासनमा कुनै सम्झौता हुने छैन ।
आ।व।२०८०र०८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा नेपालको संविधानले निर्दिष्ट गरेका राज्यका निर्देशक सिद्धान्त र नीति, नेपाल सरकार तथा बागमती प्रदेश सरकारले अंगिकार गरेको समष्टिगत आर्थिक नीति, पन्ध्रौं राष्ट्रिय योजना, दिगो विकास लक्ष्य, स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७८, तारकेश्वर नगरपालिकाको कार्य विभाजन नियमावली, २०७४, तारकेश्वर नगरकार्यपालिकाको कार्यसम्पादन नियमावली २०७४, नगरपालिकाको विभिन्न विषयगत समितिहरुको निर्णय, राजश्व परामर्श समितिको निर्णय, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिको निर्णय र राजनीतिक दल, उद्योगी, व्यवसायी लगायत नीजि क्षेत्र र नागरिक समाजको सुझावलाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुद्ध खानेपानी सहितको एक घर एक धाराको नीतिलाई निरन्तरता दिईने, करको दर घटाउने दायरा बढाउने नीतिलाई निरन्तरता दिईने, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गरी प्राविधिक शिक्षालाई जोड दिदैँ थप शैक्षिक गुणस्तर ल्याउनका लागि संस्थागत विद्यालयहरुसँग आवश्यक समन्वय र सहकार्य गरिने, नगरवासीको स्वास्थ्यलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु प्रभावकारी ढंगले सञ्चालन गरिने, नगरपालिकाको न्याय निरुपणको कार्यलाई सरल, सहज र चुस्त दुरुस्त बनाईने, नगर क्षेत्र भित्रमा रहेका सरकारी, सार्वजनिक, पर्ति जग्गाहरुको संरक्षण गरिने, विपद् संवेदनशील पूर्वाधार निर्माणमा जोड दिईने, दिगो विकास, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनमा जोड दिईने, ऐतिहासिक एवम, मौलिक पुरातत्त्विक सम्पदाको संरक्षण, धार्मिक, पर्या पर्यटन क्षेत्र प्रवर्द्धनमा जोड दिईने, कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण गर्न योगदान पुर्याईने, स्थानीय रोजगारका अवसरहरु सिर्जना गर्न निजी क्षेत्रहरुसँग सहकार्य गर्ने र श्रमिक सहायता कक्षको स्थापना गरी आर्थिक विकास तथा गरीबी न्यूनीकरणमा जोड दिईने, विद्युतीय सेवा प्रवाह प्रणालीलाई थप सुदृढ गर्दै संस्थागत विकास र सुशासनमा योगदान पुर्याईने, विद्यालयहरुको शिक्षक दरवन्दी मिलान कार्यलाई प्रभावकारी रुपमा अगाडी वढाइने , लैंगिक समानता, अपाङ्गतामैत्री र सामाजिक समावेशीकरणमा योगदान पुर्याईने उपप्रमुख बुर्लाकोटीको भनाई छ।
आर्थिक विकास क्षेत्रतर्फ कृषि, पशुपक्षी विकास, सहकारी, पर्यटन, उद्यम र रोजगार, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, सामुदायिक विकास, महिला तथा बालबालिका, साहित्य, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षाम जोड दिइएको छ । त्यसैगरी, पूर्वाधार विकास, विद्युत् ऊर्जा, वन वातावरण तथा सरसफाइ, विपद् व्यवस्थापन, सरसफाइ व्यवस्थापन, आर्थिक प्रशासन, सामान्य प्रशासन, राजस्व प्रशासन, सूचना र प्रविधि, कानुन न्याय जस्तामा अधिकतम लगानी, सेवा र विकास गर्ने लक्ष्यसहित बनाइएको नीति तथा कार्यक्रम उपप्रमुख बुर्लाकोटीले प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्षमा सञ्चित कोष तर्फ संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान २० करोड ४७ लाख, संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान ३३ करोड ८७ लाख, संघीय सरकारबाट प्राप्त हुने समपूरक अनदान १ करोड ४० लाख, संघीय सरकारबाट प्राप्त हुने विशेष अनदान १ करोड, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत रकम ५५ करोड संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड ९भ्याट र अन्त(शुल्क० वापतको रकम ११ करोड २९ लाख ३१ हजार, बागमती प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान २ करोड २५ लाख ६८ हजार, बागमती प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान २ करोड १४ लाख १२ हजार, बागमती प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनदान १ करोड, बागमती प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनदान १ करोड, बागमती प्रदेश सरकारबाट राजश्व बाँडफाँड बापत प्राप्त हुने ४ करोड ५५ लाख ३५ हजार ५ सय ८५ र नगरपालिकाको विभिन्न शीर्षकबाट प्राप्त हुने आन्तरिक आय समेतबाट प्राप्त हने ३० करोड ५७ लाख ९१ हजार, अन्य आयबाट ८ करोड ६५ लाख ७४ हजार, अन्य स्थानीय तहबाट ३ करोड र नगद जनसहभागिता ४ करोड गरी कुल १ अर्ब ८० करोड २२ लाख १२ हजार आम्दानी हुने अनुमान गरिएको छ। त्यस मध्ये संचित कोषमा चालु तर्फ ६३ करोड ४१ लाख १२ हजार ९३५।१९ प्रतिशत० र पूँजीगत तर्फ १ अर्व १६ करोड ८१ लाख ९६४।८१ प्रतिशत० मात्र गरी कुल खर्च १ अर्ब ८० करोड २२ लाख १२ हजार व्यय अनुमान गरिएको छ ।
कार्यक्रममा पूर्व नगर प्रमुख रामेश्वर बोहरा, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी प्रदेश सभा सदस्य अमन कुमार मास्के, प्रदेश सभा सदस्य हरिप्रभा खड्गी, संघीय साँसद गणेश पराजुली लगायतले मनतव्य राखेका थिए सभाध्यक्ष तथा नगरप्रमुख कृष्ण हरि महर्जनले बिभिन्न प्रश्नहरुको जवाफ दिंदै संघीय र प्रदेशको कानुनले नबाझ्ने गरी स्थानीय तहको अधिकार क्षेत्र भित्र रहेर उठाइएका माग पुरा गर्ने प्रतिबद्दता ब्यक्त गर्दै उद्घाटन सत्रको समापन गरेका थिए।