नागरिक पोष्ट News


काठमाडौं महानगरपालिका वडा–१० मा “शेयर सम्वन्धी प्रशिक्षण” तालिम

567

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–१० ले स्थानीय नागरिकलाई “शेयर सम्वन्धी प्रशिक्षण” तालिम प्रदान गरेको छ ।

सो वडाले काठमाडौं महानगरपालिकाको सहयोग र नेपाल शेयर धनी सङ्घको सहजीकरणमा आयोजित प्रशिक्षणमा करिब एकसय भन्दा बढि स्थानीय विद्यार्थी, बुद्धिजिवी, व्यवसायी, किसानलगायत सबै वर्गका नागरिकले सहभागिता जनाएका थिए।

महानगर–१० का अध्यक्ष रामकुमार केसीले वडाले स्थानीय नागरिकको सुख सुविधाका लागि निरन्तर प्रदान गरिने सेवालगायत विभिन्न सिपमुलक तालिमको पनि प्रदान गर्दै आएको जानकारी दिंदै वित्तिय साक्षरताले पनि नागरिकको जीवनस्तर उकास्न मद्दत मिल्ने भएकोले विभिन्न निकायसँग मिलेर शेयर सम्वन्धी तालिमको आयोजना गरिएको बताए।

सो प्रशिक्षणका संयोजक लता चन्द शाहले स्थानीयलाई वित्तिय साक्षरता तालिम प्रदान गर्ने क्रममा महानगर–१० ले शुक्रवार र शनिवार शेयर किनवेच सम्वन्धी सम्वन्धीत विज्ञमार्फत तालिम प्रदान गरेको जानकारी दिइन्।

उनले शेयर किनबेच गर्नेबारे सामान्य जानकारी सबैले पाएका छन् तर त्यसमा लगानी गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी विज्ञमार्फत दिएर स्थानीयलाले शेयरबजारबाट फाइदा लिन सकुन भन्ने लक्ष्यले तालिम दिइएको बताइन्।

प्रशिक्षणमा सहभागी स्थानीयलाई आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा।लिमा आवद्ध प्रशिक्षकहरूलगायत अमुल्य आचार्य, मुक्ति अर्याल, तिलक कोइराला, सुवासचन्द्र भट्टराई, युवराज भुसाललगायतले शेयर किनवेच गर्ने प्रक्रिया, यसका लागि आवश्यक जानकारी, यसको फाइदा र नोक्सानीको अवस्थाबारे जानकारी दिएका हुन्।

Must View