सिद्धी गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरलाई साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम प्रदान
काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिका वडा नं. १६ को सहयोग तथा आईसिटी पत्रकार विकास मञ्चको आयोजनामा एक दिने साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सिद्धी गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरलाई प्रदान गरिएको हो । प्रशिक्षण कार्यक्रममा एक सय भन्दा बढी विद्यार्थी भाई बहीनिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा प्रशिक्षक अच्युत ओझाले साईबर सुरक्षा र साईबर अपराध के हो भन्ने विषयमा बिद्याार्थीहरुलाई भिजुवल मार्फत जानकारी शेयर गर्नु भएको थियो । साथै विद्यार्थीहरुलाई साईबर अपराध सम्बन्धी सरल र सभ्य भाषामा जानकारी गराउनु भयो । आफु सँग भएका मोबाईल तथा ल्यापटपलार्य ईन्टरनेटमा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा पनि उहाँले विद्यार्थीहरुलाई जानकारी गराउनु भयो ।
त्यस्तै प्रशिक्षक प्र.ना. नि. जिर बहादुर बुढाले साईबर अपराध र सोसल मिडियाको बारेमा जानकारी गराउदै कसरी साईबर अपराध गर्छन् भन्ने कुराको जानकारी दिनुभएको थियो । त्यति मात्र होईन उहाँले साईबर व्युरोमा प्रत्येक दिन पर्न आउने उजुरीहरुको बारेमा जानकारी दिदै कानुनी व्यवस्थाको बारेमा उपस्थित विद्यार्थी लगायतका व्यक्तिहरुलाई सरल तरिकाले जानकारी गराउनुभएको थियो ।
प्रशिक्षक राम कृष्ण खनालले नेपाल हालको अवस्थामा साईबर अट्याकमा कुन अवस्थामा छ भन्ने कुरा लाईभ हेरायर विश्व भरको साईबर अट्याको अवस्था बारे जानकारी दिदै आफ्नो मोबाईल फोन हराउदा लोकेशन तथा आफ्नो मोबाईलको बारेमा जानकारी लिन सकिने कुराको जानकारी गराउनु भयो ।
त्यसै गरी प्रशिक्षक दिक्षा थापाले अहिलेको अवस्थामा साईबर अपराधमा धेरै जस्तो युवा युवती र बालबालिकाहरु बढी मात्रामा यस कार्यमा फस्ने गरेको बताउदै आफुले नचिनेका व्यक्तिहरको मोबाइृ नं. तथा फेस बुक आईडीमा नजोडिन विद्यार्थाीहरुलाई आग्रह गर्नु भयो ।
त्यस्तै काठमाण्डौँ महानगरपालिका वडा नं.१६ को वडा सदस्य हर्क बहादुर खातीले विद्यालय स्तर बाटनै यस्तो किसिमको शिक्षा प्रदान गर्न नितान्त आवश्यता पर्छ भन्दै आगामी दिनमा वडाले पनि यस्ता कार्यक्रममा सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता समेत जिकिर गर्नु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानअध्यापक केशव प्रसाद भण्डारीले साईबर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम आजको आवश्यकता भएको बताउदै विभिन्न ठाउँ,समय मा भएका घटनाहरलाई उदाहरणको रुपमा भन्दै यस्तो कार्यक्रम आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिनु भयो । साथै एक दिनले यो शिक्षा नपुग्ने भन्दै यसलाई आगामी दिनमा कम्तीमा तिन दिनको कक्षा सञ्चालन गर्न आयोजक टिमलाइृ आग्रह समेत गर्नु भयो ।
कार्यक्रमको सञ्चालन पत्रकार सावित्री बस्नेत (सबु) बाट भएको थियो । यस कार्यक्रम पश्चात विद्यार्थी भाई बहीनीहरुले साईबर अपराध तथा सोसल मिडिया बाट हुने धेरै अपराधहरु बारे आफुहरुले जानकारी पाएको र यस्तो प्रशिक्षण आजको विद्यार्थीहरको लागी महत्वपुर्ण भएको बताउनु भयो ।