नागरिक पोष्ट News


भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश, चल्न दिन्नँ सजाय भोग्न तयार छु: बालेन शाह

1.3K

काठमाण्डौ । उच्च अदालत पाटनले काठमाण्डौका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

नेपाल चलचित्र संघको रिटमा सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए। बालेनको निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो।

यसैबीच उच्च अदालतको आदेशलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले भारतीय फिल्मको प्रदर्शन हुन नदिने अडान दोहोर्याएका छन्। ‘बरु जुनसुकै सजाय भोग्न तयार छु’, उनले लेखेका छन्। 

बालेनले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोपसमेत लगाएका छन्। 

Must View