रुसी सैन्य नेतृत्वविरुद्ध वाग्नर समूहको विद्रोह, आत्मसमर्पण गर्न रुसी रक्षा मन्त्रालयको चेतावनी
काठमाडौं। रुसको भाडाका सैनिक तैनाथ गर्ने निजी कम्पनी वाग्नर समूहले सैन्य विद्रोह सुरु गरेको छ । वाग्नर समूहले रुसको दक्षिणी सैन्य जिल्लामा विद्रोह सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बीबीसीले जनाएअनुसार वाग्नर समूहका प्रमुख गेभ्गेनी प्रिगोजिनले आफ्ना लडाकुहरुले युक्रेनी सीमा पार गरी रुस प्रवेश गरेको घोषणा गरेका छन् । वाग्नर समूहका भाडाका लडाकुहरुले रुसको दक्षिणी सहर रोस्टोभ अन डोनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ । प्रिगोजिनले आफ्नो बाटो रोक्न खोज्ने जो कसैलाई पनि आफ्ना लडाकुले ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।
निजी सैनिक कम्पनी वाग्नर समूहलाई आत्मसमर्पण गर्न रुसी रक्षा मन्त्रालयको आग्रहसैन्य विद्रोह जारी रहेको रुसी भूभागका गभर्नरले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेका छन् । वाग्नर समूहले युक्रेनमा जारी रुसी आक्रमणमा महत्वपूर्ण भूमिका निवाह गर्दै आएको छ ।
यता, रूसी सेनाले मुलुकको सैन्य नेतृत्वविरुद्ध जारी विद्रोह गर्न रोक्न वाग्नर समूहका भाडाका लडाकुको ‘सुरक्षाको ग्यारेन्टी’ गर्ने बताएको छ ।
- एजेन्सी