नागरिक पोष्ट News


प्रकाश सपुत र कुशुम शर्माको अभिनयमा ‘ सकम्बरी माया गरिदेउ ’ सार्वजनिक

1.1K

काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ । गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको  ‘‘ सकम्बरी माया गरिदेउ ’’   बोलको  गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको  एरेन्ज गरेका छन्। प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मान सिंह मर्हजनले छायाँकन गरेका हुन् । गीतको भिडियोमा प्रकाश सपुत र कुशुम  शर्माको निकै रोमान्चक दृश्य देखाइएको छ ।  सुनिल विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविण भटटले संपादन गरेका हुन् ।

Must View