नागरिक पोष्ट News


हुम्लाको सर्केगार्डमा भएको आँखा शिविरमार्फत ९० जनाको मोतिविन्दु शल्यक्रिया र ग्रामीण आँखा उपचार केन्द्र स्थापना

1.5K

काठमाडौं ।  हुम्लाको सर्केगार्डमा ९० जनाले मोतियाविन्दुको निःशल्क शल्यक्रियाबाट आँखाको ज्योति पाएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्केगार्ड गाउँपालिकामा असार १ र २ गते सञ्चालन गरेको शिविरबाट ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । जसमा ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतिविन्दुको शल्यक्रिया र २ सय ४४ जनाको आँखाको जाँच गरिएको छ । सो शिविरमा जिल्लाको ताँजकोट, अदानचुली, चंखेली र सर्केगार्डका आँखा बिरामीहरुले सेवा लिएका थिए । ३ वर्षदेखि दृष्टिविहिन भएर कष्ठकर जिवन बाँच्नु परेका सर्केगाडका ६८ वर्षिय बैरा फडेराले शल्यक्रिया पश्चात दुवै आँखा देख्न सक्ने भएका छन् ।   तिलगंगा आँखा प्रतिष्ठान र सर्केगाड गाँउपालिकाको संयुक्त आयोजनामा संचालीत सो शिविरमा आर्थिक सहयोग सेवा फाउण्डेसन को रहेकोे थियो । दुई सय ४४ जनाको आँखाको जाँच गरिएको प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले जानकारी दिनुभयो । “हुम्लाको मध्य भागमा पर्ने सर्केगार्डमा सिमीकोटबाट दुई दिनको पैदल यात्रापश्चात् हाम्रो टोली यस स्थानमा पुगेको थियो । 

 

सर्केगार्डमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना

तिलगंगा आँखा प्रतिष्ठानको आर्थिक तथा प्राविधिक सहयोगमा सर्केगार्ड गाँपालिकाको साँया स्वास्थ्य चौकीमा ग्रामीण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । सो केन्द्र संचालनको लागि प्रतिष्ठानको तर्फबाट प्रमुख कार्यकारी डा. रीता गुरुङ्ग र गाँउपालिकाको तर्फबाट अध्यक्ष ठान बहादुर रोकायले सम्झौत पत्रमा हस्ताक्षार गरेका छन् । ग्रामिण आँखा केन्द्रको उदघाटन तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले गर्नु भएको थियो भने आँखा केन्द्रको उदघाटन गाँउपालिका अध्यक्ष ठान बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको थियो । केन्द्रका लागि प्रतिष्ठानले एक वर्षका लागि दुई जना जनशक्तिको व्यवस्था साथै उपचारका लागि चाहिने उपकरणहरुको व्यवस्था गरेको छ भने एक वर्षपश्चात गाँउपालिकाले जनशक्तिको व्यवस्था गर्नुपर्नेछ ।  दुई पक्षीय सम्झौता तथा केन्द्रको शुभारम्भ कार्यक्रममा डा.रीता गुरुङ्गले दुर्गममा सेवा प्रवाह गर्ने प्रतिष्ठानको उद्देश्यअनुसार शिविर संचालन र केन्द्र स्थापना गरिएको बताउनुभयो ।  त्यस्तै गाँउपालिकाका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार केन्द्र स्थापनासँगै अब आँखाको परिक्षण र आँखा सम्बन्धित सबै खाले रोगको उपचार सहज हनेछ । सर्केगार्ड गाँउपालिका उपाध्यक्ष श्री चन्द्र बहादुर कार्कीले पहिलो पटक दुर्गमको गाउँपालिकामा ग्रामीण आँखा उपचार केन्द्र स्थापनाले यस सर्केगाड गाँउपालिकाका जनताले आँखा सेवाको लागि अब अन्त जान नपर्ने कुरा बताएका छन्  । 

Must View