५० हजार बढी मानिसहरुको आँखाको नानीमा लाग्ने रोगहरुको रोकथाम
काठमाडौं । हिमालयन क्याट्र्याक्ट् परियोजना (HCP Cureblindness ) ले आँखाको नानीमा लाग्न सक्ने विभिन्न रोगहरुको कारणले दृष्टि विहिन हुनबाट बचाउने र बच्ने सक्ने भएको छ । यो कार्यक्रम योजनामा अन्तरगत नेपाल र भारतका सामुदायिक स्वास्थ्यकर्मीहरुलाई Sight life international र Cureblindness ले आधारभुत तालिम दिदै पचास हजार भन्दा बढि महिला पुरुष बालबालिकाहरुको आँखा उपचार गरि दृष्टि बचाँएको छ । यस कार्यक्रमले आँखाको नानीमा लाग्ने चोटपटक बिशेष गरि आँखाको नानीको पहिलो सतह खोस्रिएर हुन सक्ने अन्धोपनाको पहिचान र आवश्यक परिक्षण र उपचार एवं निदान गर्दछ । जसले गर्दा समुदायमा देखापर्ने सो समस्यालाई प्रारम्भिक अवस्थामै आवश्यक र उचित उपचार गरि आँखाको नानीमा देखापर्ने रोगको उपचार सम्भव गराएको HCP Cureblindness का प्रमुख कार्यकारी अधिकृत K-T Overbey ले बताउनु भयो ।
यस्तो निर्भिकल्प र उचित उपाय तथा समाधानले हरेक वर्ष १५,००,००० मानिसहरुमा आँखाको नानी खोस्रिएर ९ऋयचलभब िब्दचबकष्यल ) तथा चोटपटक लागेर हुन सक्ने अन्धोपनालाइ बचाउन सक्दछ । ९० प्रतिशत भन्दा बढि आँखाको नानीमा चोटपटक बिशेष गरि नानीको पहिलो सतह खोस्रिएर दृष्टिविहिन हुन सक्नेहरुमा न्यून र मध्यम आयम भएका देशहरुमा बसोबास गरेको पाइन्छ । दुर्भाग्यबस धेरै बिरामीहरु आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको पाइन्छ । फलस्वरुप दृष्टि गुमाउने तथा परनिर्भरता बढ्ने गर्दछ । जसले गर्दा उनिहरुको दैनिक जिवन यापन र जिविकोपार्जनमा असर गर्दछ । यदि यो रोगको उपचार नपाएको खण्डमा आँखाको नानी खोस्रिएर हुने रोगले दृष्टिविहिन सम्म बनाउदँछ । फोेटोः नेपालको विकट गाँउको २२ वर्षीया आमा मीना (बायाँ), ले आँखाको नानी खोस्रिएर हुने रोगको उपचार प्राप्त गर्ने एक महिला पात्र हुन् । स्थानीय समुदायको स्वास्थ्यकर्मी (दायाँ) ले सफलतापूर्वक उनको समस्या पहिचान गरिन् र टपिकल एन्टिबायोटिकद्वारा कोर्नियाको उपचार सफल गरेकी हुन् ।