नागरिक पोष्ट News


एलन मस्कले भने– ‘म मोदीको फ्यान हुँ’

1K

नयाँ दिल्ली  । प्रधानमन्त्री मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलन मस्कलाई भेटेका छन् ।

एलन मस्कलाई भेट्नु अघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनलाई पनि भेटेका थिए। प्रधानमन्त्री मोदीसँगको भेटपछि टेस्लाका सीईओ मस्कले यसलाई निकै राम्रो भेट भएको बताएका छन् । उनले प्रधानमन्त्री मोदीसँग आफ्नो कुराकानी निकै राम्रो भएको बताए ।

उनले अर्को वर्ष भारत जाने सोचमा रहेको उल्लेख गर्दै आफू मोदीको फ्यान भएको बताए ।

प्रधानमन्त्री मोदीले यसअघि सन् २०१५ मा क्यालिफोर्नियाको टेस्ला मोटर्स कारखानाको भ्रमणका क्रममा मस्कसँग भेट गरेका थिए । मस्क त्यतिबेला ट्विटरको मालिक थिएनन्।

भारतीय प्रधानमन्त्री मोदी अमेरिकाका भ्रमणको क्रममा न्यूयोर्क पुगेका छन् । उनको यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ ।

विश्वको सबैभन्दा शक्तिशाली देश भनिने अमेरिकाले जुन २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि रातो कार्पेट बिछ्याउनेछ । 

Must View