नागरिक पोष्ट News


भारतिय जनता पार्टीका वरिष्ठ नेता तथा पुर्व सांसद डा .विजय जोलीलाई एरपोर्टमा तवरेज आलमको स्वागत (भिडीयो सहित)

2.2K

काठमाण्डौँ  । मातृभुमी अभियान मधेश प्रदेश अध्यक्ष तथा युवा सामाजिक अभियान्ता तबरेज आलमको नेतृत्वमा भारतीय जनता पार्टीका बरिष्ठ नेता तथा पुर्व विदेश बिभाग प्रमुख,पुर्व सांसद डा.विजय जोलीलाई एरपोर्टमा स्वागत गरियो । तवरेज आलमका अनुसार जोली आफ्नो पारिवारिक तथा सामाजिक भेटघाटको लागी नेपाल आएका हुन् । 

काठमाण्डौँको एक होटलमा जोली बस्ने छन् र उनको बसाई तीन दिनको रहने छ । आलमले नागरिकपोष्टसँग कुरा गर्दै भने उनको यो तिन दिन विभिन्न सामाजिक तथा राजनितीक व्यक्तित्वहरुसँग पनि छलफ तथा भेट रहने छ । डा।जोलीले नेपाल र भारत विच धेरै पुरानो सम्बन्ध रहेको बताउदै नेपालका युवाहरुले नेपालमानै केही गर्ने वातावरण बनोस् र उनीहरु कामको लागी बाहिर जान नपरोस् भन्दै नेपाल आफुलाई दोस्रो घर जस्तै लाग्ने बताए । बाकी भिडियो हेर्नुहोस् :-

 

Must View