तारकेश्वर नगरपालिकाको योजना तर्जुमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न
काठमाडौं । तारकेश्वर नगरपालिकाको योजना तर्जुमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। आइतबार नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम नगरप्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौं क्षेत्र न। ६ का संघीय सांसद शिशिर खनाल विशेष अतिथिमा काठमाडौं क्षेत्र न। ७ का संघीय सांसद गणेश पराजुली रहेका थिए भने अतिथिहरुमा प्रदेश सभा सदस्य हरि प्रभा खड्गी, तारकेश्वर नगर उपप्रमुख शृजना बुर्लाकोटी, तारकेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डा।कृष्ण बहादुर घिमिरे , प्रहरी वृत बालाजुका प्रमुख मनोजित कुँवर, नेपाल बिधुत प्राधिकरण बालाजु वितरण केन्द्रका प्रमुख जय कुमार यादबको उपस्थिति रहेको थियो। त्यसैगरी विविध विषय क्षेत्रमा कार्यानुभव प्राप्त गरेका व्यक्तिहरु, सामुदायिक बिधालयका प्रतिनिधिहरु, संस्थागत बिधालय अन्तर्गत प्याब्सन र एन प्याब्सन प्रतिनिधिहर।, विषयगत शाखा प्रमुख तथा कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा एस। एण्ड।एस। डेभलपमेन्ट कन्सल्टेन्सीले तारकेश्वर नगरको निर्माणाधीन आवधिक योजना सम्बन्धि प्रस्तुतीकरण गरेको थियो। त्यसपस्चात विविध विषयक्षेत्रमा अनुभव हाँसिल गरेका विद्वान लगायत अन्य सहभागीहरुले बाट नगरको निर्माणाधीन आवधिक योजना प्रस्तुतीकरण माथि राय सुझाव दिएका थिए। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका प्रमुख कृष्ण हरि भट्ट, विवेकशील साझा पार्टीका प्रमुख अजित खड्का, ने म कि पा नगर कमिटि अध्यक्ष श्रीकुमार महर्जन, नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष जगन्नाथ, नेकपा एमाले नगर कमिटी अध्यक्ष वासु प्रसाद गौतम, नेपाली कांग्रेस क्षेत्र न।६ ख का प्रदेश सभापति विष्णुभक्त तिमल्सिना र प्रदेश सभा सदस्य हरिप्रभा खड्गी र संघीय सांसद गणेश पराजुलीले मन्तव्य सहित रायरसुझाव दिएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघीय सांसद शिशिर खनालले तारकेश्वर नगरले नीति तथा कार्यक्रम निर्माणको लागि जनताकोतर्फबाट सुझाव माग्नु धेरै राम्रो पक्ष रहेको बताए।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै जनप्रतिनिधि वा नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूले नदेखेको र नभोगेको कुरा गाउँरसहरका कुना कुनामा बस्ने नागरिकलाई थाहा हुने भएकाले पनि नागरिक तहबाट सुझाव मागिएको उपप्रमुख शृजना बुर्लाकोटीले बताईन।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिएको बताए। सार्वजनिक सेवा–प्रवाहलाई नतिजामूलक, जनमैत्री तथा प्रभावकारी बनाउन नगरपालिका लागेको जानकारी दिए। सबैसँग आवश्यकताका आधारमा समन्वय र सहकार्य गरेर नै अगाडि बढ्ने उनको भनाई रहेको छ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य हरिप्रभा खड्गीले नीति तथा कार्यक्रम बनाउँदा आफ्नो घोषणा पत्र लाई ध्यान दिंदै विज्ञ टोलीले सहभागी गराउन आग्रह गरेकी छन्।
नेपाली कांग्रेस क्षेत्र न।६ ख का प्रदेश सभापति विष्णुभक्त तिमल्सिनाले तारकेश्वरभित्र शिक्षाको गुणस्तर बृद्दि भएको बताउँदै शिक्षामा बजेट घतनाउन नहुनेमा जोड दिए। जनताको दैनिकी संग जोडिने कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश हुनुपर्नेमा तिमल्सिनाको जोड रहेको छ।
तारकेश्वर नगरपालिकाको आगामी आथिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा दिगो विकासको लक्ष्य संग स्थानीयकरण गरि ल्याउने उदेश्य रहेको योजना शाखा प्रमुख सागर अर्यालले बताए। नीति तथा कार्यक्रम र बजेटले नागरिकले प्रत्यक्ष फाइदा दिन सक्ने गरी तयार गर्न सकेमा ग्रामीण तथा सहरी क्षेत्रमा देखिएका समस्या समाधानको लागि सहज हुन सक्ने सोच सहित तारकेश्वर नगरपालिकाले नागरिकका सुझाव अनुसार काम गर्ने भएको छ । उक्त कार्यक्रममा सबैको धारणा र रायरसुझाव सुनिसकेपछि नगरप्रमुख महर्जनले उपस्थितहरुलाई धन्यवाद दिंदै आएका सुझावहरु प्रति प्रतिबद्दता ब्यक्त गरेका छन्। नयाँ आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको निर्माणका लागि नागरिक स्तरदेखि विद्वान वर्गहरु बाट सुझाव संकलन गर्न लागिएको नगरप्रमुख महर्जनले बताए। उनले भने,”संविधानद्धारा प्रदान गरिएको स्थानीय तहको अधिकार, स्थानीय सरकार सञ्चालन ऐन २०७४, स्थानीय तह वार्षिक बजेट तथा योजना तर्जुमा अनुसार हामीहरू योजना तर्जुमामा छलफल गरिरहेका छौं। नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्बन्धमा रचनात्मक राय सुझाव दिनुभएको छ। त्यसलाई हामी गहिरो रुपमा अध्ययन गर्छौं। आएका सबै सुझाव ठ्याक्कै सम्बोधन भइहाल्ने पनि हुँदैन। सुझावलाई छलफलमा राखेर सम्भव भएका कुराहरूलाई कार्यान्वयनमा लैजान्छौँ। माथिल्ला सरकारमा पठाउनुपर्ने भएमा उता पनि पठाउछौं।’’