नागरिक पोष्ट News


जेस्म प्रधानको को निर्देशनमा  ‘सर्ट टर्म मेमोरी लस’ बन्यो

1K

काठमाडौँ। सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ काठमाडौँमा प्रिमियर शो गरिएको छ । यो सर्ट फिल्म गायक, सङ्गीतकार एवं एरेञ्जर जेम्स प्रधानको निर्देशनमा बनेको हो ।  एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका गायक प्रधानले आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न बताएका छन् ।  इन्टरनेटको माध्यमले आफूले सिकेको शिपलाई प्रयोग गरेर निर्देशक बनेको जेम्सले जानकारी दिए । ‘मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ । त्यहि क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ’, जेम्सले भने । उनको यो दोस्रो सर्ट फिल्म हो ।  गायिका आनी छोइङ डोल्माले फिल्म निर्देशन सम्बन्धी दिएको प्रतिक्रियाले गायक जेम्सलाई निर्देशक बन्न प्रेरित गरेको जानकारी थियो । ‘म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्न अवस्था छैन । यसलाई त्यसकै सुरुआतकको रुपमा समेत बुझ्न सकिन्छ’,जेम्सले भने ।  सर्ट फिल्ममा समिसन जिसी र बेदना राईको अभिनय रहेको छ । यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितीलाई चित्रण गरिएको छोटो चलचित्र १९ लम्बाईको रहेको छ । यसमा श्याम तामाङले छायाङ्कन, कपिल पराजुलीले रंग संयोजन, जेसिका प्रधानले सम्पादन गर्नुभएको छ ।  कार्यक्रममा उपस्थित निर्देशक राजेन्द्र शल्लभले विज्ञापन बनाउने क्रममा नै जेम्सको प्रतिभालाई महसुश गरेको बताए । ‘मैले जेम्समा गायनसँगै स्टोरी टेलीङको क्षमता बुझ्न पाए । म निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएँन’, निर्देशक शल्लभले भने ।  अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले फिल्म हेरेपछि नियमित भन्दा फरक महसुश गरेको प्रतिक्रिया दिए । ‘निर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ । कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जाग्यो’, अभिनेता प्रशान्तले भने ।   विगत तीन दशकदेखि गीतसङ्गीत सक्रिय जेम्स विज्ञापनसँगै गायन र सङ्गीतकारको रुपमा स्थापित नाम हुन् । उनको गायनसँगै सङ्गीत रहेको गीतले समेत कयौँ गायक गायिकालाई स्थापित बनाएको छ । असल र इमान्दार सङ्गीतकर्मीको रुपमा परिचित जेम्स ‘किङ्ग मेकर’ रहेको गायक योगेश्वर अमात्यले बताए ।   लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईद्वारा संचालित कार्यक्रममा उपस्थित गायक सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भिम तुलाधर, निर्देशक डब्बु क्षेत्री, सुव्रतराज आचार्य लगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रसंसा गरेका थिए । 

 

Must View