४० अंकले बढ्यो नेप्से परिसूचक, साढे तीन अर्बको कारोबार
637
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४०. ४८ अंकले बढेकाे छ । आइतबार नेप्से परिसूचक४०. ४८ अंकले बढेर १९८०.०९ विन्दुमा बन्द भएको हाे ।
आज २७५ कम्पनीकाे ९५ लाख २८ हजार २५५ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
शेयरबजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज तीन अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।गत साताको अन्तिम दिन दुई अर्ब ३० करोड रुपैयाँको सेयर करोबार भएको थियाे।
आज कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।