नागरिक पोष्ट News


रंग पत्रकार सुवास संकल्प सहित दर्जन बढि सम्मानित

1.5K

इटहरी/ 'मरेर जान्छ देह तर मर्दैन कहिल्यै प्रतिभा' भन्ने मुल नाराको साथ स्थापना भएको आरके इन्टरटेन्मेन्ट ग्रुप काठमाडौले २४ औ वार्षिकोत्सब सम्पन्न गरेको छ । जेष्ठ २७ गते शनिबारका दिन राष्ट्रिय नाचघरको सभाहलमा आयोजित वार्षिकोत्सब कार्यक्रमबाट परिकलाकर्मी तथा रंग पत्रकार सुवास संकल्प 'खेमराज श्रेष्ठ' सम्मानित भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संकल्पलाई माननीय किराँतीले सम्मान पत्र तथा कार्यक्रम सभापति किसन राज शिहले ढाकाटोपी र फुलको माला लगाएर सम्मान गरिएको हो । संकल्प विगत १३ वर्षदेखि कोशी प्रदेशको इटहरीलाई कार्यक्षेत्र बनाएर रंग पत्रकारिता बिटमा रहेर कलम चलाईरहेका छन् । १३ वर्षअघि इटहरीका विभिन्न एफएमबाट मनोरञ्जन कार्यक्रम चलाउदै सोही ठाउँमा स्थापित एक टेलिभिजनमा समेत मनोरञ्जन कार्यक्रम चलाएर अनुभव बटुलेका संकल्पले पछिल्लो ५ वर्षयता आफ्नै मिडिया कम्पनी दर्ता गरि इटहरीमै कार्यालय स्थापना गरेर परिकला न्युज डटकम मार्फत रंग गतिविधिलाई न्युज पोर्टल तथा भिडियो कार्यक्रमका माध्यमबाट प्रस्तुत गरिरहेका छन् । उनको यो मनोरञ्जन बिटमा निरन्तरता, लगनशीलता र योगदानलाई कदर गर्दै आयोजक संस्थाले आफ्नो २४ औ वार्षिकोत्सबको अवसरमा सम्मान गरेको जनाईएको छ । वार्षिकोत्सब कार्यक्रमबाट संकल्पसहित २०७९ सालमा आफ्नो र परिवारको समस्यालाई समेत प्रवाह नगरी जनतालाई सहयोग पुर्याउँदै अहम् भूमिका निर्वाह गरी दिनरात समाजसेवामा समर्पित जय बहादुर श्रेष्ठ, इन्द्रेणीका कृष्ण कडेल, कमल प्रसाद रिमाल, रोशन विश्वकर्मा, प्रेम लामा, तेजेन्द्र शर्मा पौडेल, प्रभु साह, भिम प्रसाद ओडारी, पुण्य ओडारी, सोमनाथ खरेल, मुना खरेल, नवराज तामाङ, प्राश्ना पाण्डेलाई पनि सम्मान गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक लक्की राम केसीले जानकारी गराए । विभिन्न संघ-संस्थाका पदाधिकारीहरु तथा आमन्त्रित ब्याक्तित्वहरुको बाक्लो उपस्थितिमा पन्चेबाजा सहित सम्मानित ब्यक्तित्वहरुलाई 'स्टार अफ द ईयर २०८०' बाट सम्मान प्रदान गरिएको हो ।

Must View