राष्ट्र बैंकद्वारा १० महिनामा ४९ खर्रब ४९ अर्ब भन्दा बढी तरलता प्रवाह
काठमाडाैं । बैंक तथा वित्तिय संस्थमहरूमा चालु आर्थिक वर्षको १० महिनामा रु.४९४९ अर्ब २२ करोड तरलता प्रवाह भएको छ । नेपाल राष्ट्र बैंककाे पछिल्लाे तथ्यांक अनुसार वैशाख मसान्त सम्ममा बैंकबाट रिपोमार्फत रु.४१४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु.८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु.२७२६ अर्ब ९६ करोड र ओभरनाइट तरलता सुविधा रु.१७१८ अर्ब ८ करोड गरी कुल रु. ४९४९ अर्ब २२ करोड तरलता प्रवाह भएको हाे ।
अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.७३४२ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब ७४ करोड खुद खरिद गरी रु.६१९ अर्ब ७६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२५६ अर्ब ७३ करोड तरलता प्रवाह गरिएको थियो।
साेहि अवधिमा अमेरिकी डलर ३ अर्ब ८६ करोड बिक्री गरी रु.५०४ अर्ब ११ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ९६ करोड बिक्री गरी रु.४७५ अर्ब ६८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।