नागरिक पोष्ट News


अपाङ्गता भएका व्यक्तिका लागि सार्वजनिक सेवा प्रदायक संस्थाहरू पहुँचयुक्त नभएको भन्दै ध्यानाकर्षण

1.6K

काठमाडौं।अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९ बनेको ११ वर्षसम्म पनि सार्वजनिक सेवा प्रदायक संस्थाहरू पहुँचयुक्त नभएको भन्दै सरोकारवालाले ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ नेपाल द्वारा शुक्रवार आयोजित कार्यत्रममा सहभागी वक्ताहरूले सडक, अस्पताल, मन्त्रालय, विद्यालय, सङ्ग्रहालय, सार्वजनिक यातायात, सिनेमाहललगायतका सार्वजनिक सेवा प्रदायक संस्थाहरू अपाङ्गतामैत्री नहुँदा अपाङ्गता झएका  व्यक्तिले अन्य व्यत्तिको सहयोग नलिई स्वतन्त्र ढङ्गले सेवा लिन नपाएको बताएका हुन्।

कार्यक्रममा राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घका अध्यक्ष किरण शिल्पकारले अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका र सञ्चार सेवा निर्देशिकाको कार्यान्वयनको अवस्था नाजुक रहेको बताए।

उनले नीति बनेपछि कार्यान्वयनको अवस्थाको पनि राज्यले अनुगमन गर्नुपर्ने र कार्यान्वयनका लागि जिम्मेवार निकायलाई राम्ररी बुझाउनुपर्नेमा जोड दिए।

अध्यक्ष शिल्पकारले अपाङ्गताको क्षेत्रका लागि बनेको ऐन, कानुन तथा विविध विषयमा सङ्घले अन्य सङ्घ संस्थासँग पनि सहकार्य गर्दै जागरणमुलक, सिपमुलक कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिए।

 

Must View