नागरिक पोष्ट News


नेपाल टेलिकमको सहयोगमा मनमैजु माध्यमिक विद्यालयमा साईबर सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

2.4K

काठमाण्डौँ, बालाजु प्रहरी वृत्तको साझेदारी र नेपाल टेलिकमको सहयोगमा आईसिटी पत्रकार विकास मञ्चले C.S. I Tech ( सिएसआइए टेक) Institute को सहकार्यमा मनमैजुु विद्यालयमा एक दिने साईबर सुुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम तारकेश्वर नगरपालिका स्थित मनमैजु माध्यमिक बिद्यालयमा मिति २०८० साल जेष्ठ २६गते शुक्रबार भएको हो

साईबर सुुरक्षा सम्बन्धी जनचेतना कार्यक्रममा १ सय भन्दा बढी  विद्यार्थीहरुको सहभागीता रहेको थियो ।  कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जन, बालाजुु प्रहरी बृत्तका प्रहरी निरीक्षक भरत अधिकारी, नेपाल टेलिकमका अग्नी प्रसाद घिमीरे,बजार व्यवस्थापक केशव भट्टराई ,प्रशिक्षक ई.द्रोण घिमिरे, प्रशिक्षक अच्युत ओझा, प्रशिक्षक राम कृष्ण खनाल, विद्यालयका प्रधानध्यापक रविना महर्जन,सह प्रधानध्यापक सन्दीप सापकोटा लगायत विद्यालय परिवारको उल्लेखनीय उपस्थीत रहेको थियो । 

प्रशिक्षक अच्युत ओझाले साईबर सुरक्षा र साईबर अपराध के हो भन्ने विषयमा बिद्याार्थीहरुलाई  भिजुवल मार्फत जानकारी शेयर गर्नु भएको थियो । त्यस्तै बालाजु प्रहरी बृत्तका प्रहरी निरीक्षक भरत अधिकारीले साईबर अपराध सम्बन्धी कानुनी व्यवस्था तथा साईबर अपराध कस्तो कस्तो हुने भन्ने विषयमा उदाहरण सहित विभिन्न दृश्य मार्फत जानकारी गराउनु भएको थियो ।  प्रशिक्षक ई द्रोण घिमीरेले साईबर अपराध र सोसल मिडियाको बारेमा जानकारी गराउदै कसरी साईबर अपराध गर्छन् भन्ने कुराको जानकारी दिनुभएको थियो । त्यति मात्र होईन उहाँले नेपाल टेलीकमको सेवा तथा सुविधाहरको बारेमा उपस्थित विद्यार्थी लगायतका व्यक्तिहरुलाई सरल तरिकाले जानकारी गराउनुभएको थियो ।  त्यस्तै प्रशिक्षक राम कृष्ण खनालले नेपाल हालको अवस्थामा साईबर अट्याकमा कुन अवस्थामा छ भन्ने कुरा लाईभ हेरायर विश्व भरको साईबर अट्याको अवस्था बारे जानकारी दिदै आफ्नो मोबाईल फोन हराउदा लोकेशन तथा आफ्नो मोबाईलको बारेमा जानकारी लिन सकिने कुराको जानकारी गराउनु भयो । 

त्यस्तै तारकेश्वर नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जनले विद्यालय स्तर बाटनै यस्तो किसिमको शिक्षा प्रदान गर्न नितान्त आवश्यता पर्छ भन्दै आगामी दिनमा वडाले पनि यस्ता कार्यक्रममा सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता समेत जिकिर गर्नु भयो ।  विद्यालयका प्रधानध्यापक रविना महर्जनले साईबर सुरक्षा सम्बन्धी चेतनामुुलक कार्यक्रम आजको आवश्यकता भएको बताउदै विभिन्न ठाउँ,समय मा भएका घटनाहरलाई उदाहरणको रुपमा भन्दै यस्तो कार्यक्रम आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिनुु भयो । कार्यक्रमको सञ्चालन पत्रकार  सावित्री बस्नेत (सबु) बाट भएको थियो ।

Must View