तरकारी र फलफूलको आजको मूल्य कति?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार मालदह आँप ८० र दशहरी आँप किलोको एक सय रुपैयाँमा किनबेच भइरहेको छ।
यसैगरी तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार प्रतिकेजी ३८० रुपैयाँ, किवि प्रतिकेजी ४०० रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी एक सय रुपैयाँ, अदुवा प्रतिकेजी २४० रुपैयाँ र लोकल गाजर प्रतिकेजी ११० रुपैयाँ कायम गरिएको छ।
मटरकोशा प्रतिकेजी १६० रुपैयाँ, कुरिलो प्रतिकेजी १८० रुपैयाँ, डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, कागती १५० प्रतिकेजी रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ र आलु रातो प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ।
हरियो खुर्सानी ७५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ, रायोको साग ४५ रुपैयाँ, पालूगो, चमसूर र मेथीको साग ११६ रुपैयाँ, न्यूरो ८५ रुपैयाँ, कुरिलो १९३ रुपैयाँ, कन्य च्याउ १५४ रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ किन्न पाइन्छ।