नागरिक पोष्ट News


देशकै उत्कृष्ट नमुना वडा बनाउँछु,कुनै पनि वडाले नगरेकाे काम गर्न सफल भएको छु : सानुराजा घिमिरे

3.8K

काठमाडाैं  । मायालु लामा, गाेदावरी । ललितपुर जिल्लाकाे पर्यटकीय गन्तव्य गाेदवरीमा "महिला उद्यम र हाेम स्टे(घर बास)" तालिम सुरू भएको छ ।

गाेदावरीकाे ऐतिहासिक, पर्यटन क्षेत्रको विकास, कला सँस्कृतिको जगेर्ना साथै महिला मार्फत राेजगारी सृजना गर्दै आर्थिक समृद्धि गर्ने उद्देश्यले गाेदावरी नगरपालिका वडा नम्बर ३ काे सहयाेगमा गाेदावरी सराेकारद्वारा आयाेजित "महिला उद्यम तथा हाेम स्टे"तालिम वडा कार्यलयकाे हलमा एक कार्यक्रमबिच समुदघाटन गरि तालिम सुरु गरिएको हाे।

तालिमको उद्‍घाटन गर्दै वडाध्यक्ष सानुराजा घिमिरेले आफ्नाे वडालाई देशकै उत्कृष्ट नमुना पर्यटकीय वडा बनाउने उदेश्य अनुरूप पाैडाेल निवासी तामाङ महिलाहरूका लागि महिला उद्यम तथा हाेम स्टे तालिम सुरु गरिएको बताए । स्थानीय उत्पादनकाे बजारिकरणसंगैसंगै स्थानीय स्तरमै विशेषगरी महिलाहरूका लागि राेजगारी सृजना गर्न तालिमले सघाउ पुग्ने उनकाे भनाइ छ ।

गाेदावरीको मौलिक खाना, तामाङकाे सत्कार र घुम्नका लागि सम्पदा क्षेत्र पर्यटकका लागि आकर्षण हुने वडाध्यक्ष घिमिरे बताउँछन् । वडाको पाैडाेल निवासी तामाङ बस्तीबाट थालिएको यस्ता कार्यक्रम र यसको सिकाइ नगरपालिकाभर विस्तार गर्न सकिन्छ,' उनले भने, ‘हामीले गाेदावरीको सर्वाङ्गीण विकास गर्नुछ। यसभित्र महिलाहरुलाई लिने हैसियतबाट दिने हैसियतमा पुर्‍याउनुपर्नेछ। यसका लागि घरबास पर्यटन एउटा सम्भावना बोकेको कार्यक्रम हो।’ साथै, विभिन्न चुनाैतिका बावजुत पनि आफ्नाे वडाले नेपालकाे कुनै पनि वडाले नगरेकाे कार्य गर्न सफल भएको वडाध्यक्ष घिमिरेकाे दाबी छ ।

घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने बताउँदै वडाध्यक्ष घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हाेम स्टे राम्रो माध्यम हुने भएकाेले हाेम स्टे संचालनका लागि वडाबाट स्थानीय व्यक्तिका लागि विशेष सहयोग र साथ सहित आफुहरुले हरपल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, वडा सदस्यद्वय सन्ताेस कुँवर र संगिता तामाङले वडाले विशेषगरी बेराेजगार महिलाहरूलाई घरमै केही व्यवसाय संचालन गरि आफै आत्मनिर्भर बन्नका लागि यस तालिमले सहयाेग पुग्ने बताएका छन् । आजबाट सन्चालन भएकाे तालिम पश्चात आन्तरकी पर्यटन प्रवर्दनमा सहयाेग पुग्ने उनीहरूकाे अपेक्षा छ ।

११ जना सहभागीता रहेकाे तालिममा हाेम स्टे संचालनकाे प्रकृया, अतिथि सत्कार,स्थानीय परिकारहरूकाे निर्माण, स्थानीय पर्यटकीय स्थलहरूकाे प्रबर्द्धन तथा साँस्कृतिक गतिविधिहरूका बारेमा तालिम दिईने प्रशिक्षक डाक्टर आनन्द घिमिरेले बताए । यसैगरी, महिला उद्यम सम्बन्धि प्रशिक्षण भने शान्ता शाक्यले दिएकी थिईन् ।

यसैगरी, तालिममा प्रशिक्षार्थीहरूका लागि अवलोकन भ्रमण कार्यक्रम रहेकाे र त्यसपश्चात हाेम स्टे सञ्चालकहरूसग अन्तर्कृया कार्यक्रम रहेकाे छ । साथै, गाेदावरीमा नै सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने तालिम संयोजक एवं गाेदावरी सराेकारकी अध्यक्ष बेवी राजभण्डारीले जानकारी दिए। उनका अनुसार सहभागीलाई पर्यटन र यसका पक्ष, होम स्टे प्रवर्द्धन र बजारीकरण, पर्यटन प्रवर्द्धनका साधन  र उपयोग, होम स्टेसम्बन्धी कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवा लगायतका विषयमा सैद्धान्तिक ज्ञान दिइनेछ।

गाेदावरी सराेकारकी सदस्य एवं पत्रकार अनिता महर्जनले संचालन गरेकी कार्यक्रममा वडा सदस्यहरू दिपक लामा, सविना नेपाली, वडाका स्वास्थ्य शाखा र अन्य कर्माचारीहरूका साथै गाेदावरी सराेकारका सदस्यहरू गीता पुतवार, द्राैपदी श्रेष्ठ, श्री कुमारी महर्जन लगायतकाे उपस्थित रहेकाे थियाे ।

Must View