इनरव्हील डिस्ट्रिक ३५० द्वारा आयोजित बृहत् स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
काठमाडौं। इनरव्हील डिस्ट्रिक ३५० द्वारा आयोजित बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको थियो। मिति २०८० साल वैशाख १० गते आइतबार कन्या मन्दिर , क्षेत्रपाटिमा शिविर गरिएको थियो । जसमा राजधानिका धेरै अस्पतालको बरिष्ठ विशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको उपचार तथा परामर्श दिनुभयो । यसमा दिएको सेवाहरुमा जेनेरल चेकजाँच , नाक कान , घाटि चेकअप , आँखा जाँच , मधुमेह , सुगर जाँच , प्रेसर , महिलाको पाठेघरको मुखको क्यान्सरको चेकअप , स्तन क्यान्सर सम्बन्धि चेकअप , सम्पूर्ण रोगहरुमा पोषण सम्बन्धि परामर्श , हाड जोर्नी सम्बन्धि चेकअप , बालबालिकाको चेकअप , दन्त चेकअप , योग तथा ध्यान शिविर , नि:शुल्क औषधी वितरण आदिको सेवाहरु उपलब्ध गराउनु भएको थियो।
यस क्लबका अध्यक्ष सीमा झाज्युले आफ्नो अथक मिहिनेत र आफ्नो अन्य क्लबका सदस्यहरुलाइ सहभागीता गराउनु भएर सफल पार्नु भयो। यो अहिले सम्म कै ठूलो शिविर रहेको थियो। यसमा सानो सानो बाल बालिका देखी लिएर वयस्क महिला पुरुष , ज्येष्ठ नागरिक , छर छिमेकका तथा सबै उमेरका मानिसहरू सहभागी जनाउनु भएको थियो । यो नेपालको पहिलो कन्या ( किशोरी) स्कुल हो। यस शिविरमा सहभागी भएँको अस्पतालहरुमा किर्तिपुर अस्पताल , ग्रान्डि अस्पताल , वीर अस्पताल , भक्तपुर क्यान्सर अस्पताल , काठमान्डु क्यान्सर अस्पताल , कान्तिपुर डेन्टल कलेज तथा अस्पताल , दर्जनौं चिकित्सक , पोषण विज्ञ , फार्मशिस्ट , अन्य सहयोगी सदस्यहरुले आफ्नो सहभागीता जनाएर यो कार्यकर्म सफल पार्नु भएको थियो ।
यस स्वास्थ्य शिविरको उदघाटन अन्र्तराष्ट्रिय इनरव्हील प्रेसिडेन्ट (अध्यक्ष ) २०२२-२०२३ जेनाइडा वाइ फार्कोन , तथा एसोसिएसन प्रेसिडेन्ट इन्डियाको डा. सुरजिर कौर तथा इनरव्हील डिस्टिरक ३५० नेपालको २०२२-२०२३को अध्यक्ष सीमा झाले गर्नु भएको थियो । यसमा करिब ३ हजार मानिसहरुले सेवा लाभ लिनु भयो ।
इनरव्हील क्लबको बारेमा भन्नु पर्दा यो अन्र्तराष्ट्रिय महिलाहरूको एक मात्र क्लब हो। बिश्वभरी करिब १०४ वटा देशहरुमा यो क्लब रहेको छ । नेपालको बिभिन्न ठाउमा समेत यो क्लबले आफ्नो समाजसेवा गर्दै आउदैछन । महिला तथा किशोरीहरुको स्वास्थ्य तथा शिक्षामा उल्लेखनीय कार्य गर्नुको साथै राष्ट्रलाइ बहुमूल्य योगदान दिनु भएँको छ। यस क्लबको मूख्य उद्देश्य भनेको समाजसेवा नै रहेको छ , त्यो सेवाको लागी आम्दानी वा खर्च त्यो आफ्नै क्लब सदस्यहरुले नै दिनु हुन्छ । यो क्लब निस्वार्थ भावनाले समाजमा आफ्नो अमूल्य योगदान दिनु भएँको छ ।
अझै पनि इनरव्हील क्लबको जति प्रचार प्रसार हुनु पर्ने हो, त्यो भएको छैन । महिला सशक्तीकरणको एउटा राम्रो र उदाहरणीय कार्य गर्ने क्लबहरुमा मूख्य क्लब हो इनरव्हील क्लब । यो स्वास्थ्य सेवा मात्र नभई प्रतिक्षालय पनि बल्खु स्थित कुमारी क्लबको सहकार्यमा बनाउनु भएँको छ । साथै धेरै समाजिक उल्लेखनीय कार्यहरु यस क्लबले गर्नु भएको छ । नि:शुल्क स्वास्थ्य शिविरको अन्य क्लबहरुमा इनरव्हील अफ किर्तिपुर , बालाजु क्लब र अन्य क्लबहरु पनि सहभागी थियो।